मनोरञ्जन

कमेडी च्याम्पियनको फाइनल चैत १ गते

कमेडी च्याम्पियनको फाइनल चैत १ गते

काठमाडौँ। नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’ को ग्रान्ड फिनाले आगामी चैत्र १ गते हुने भएको छ ।

चैत १ गते राजधानीको होटेल सोल्टीमा हुने ‘ग्रान्ड फिनाले’ बाट च्याम्पियन घोषित गरिने निर्देशक बिशाल भण्डारीले जनाएका छन ।

कमेडी च्याम्पियनको उत्कृष्ट ३ मा सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त रहेका छन् ।

आयोजकले त्यसका लागि  तीनै जना प्रतिस्पर्धीलाई चैत १ गते दिउँसो १२ बजेसम्म भोटिङ खुल्ला गरेको छ जनाएको छ ।

ग्रान्ड फिनालेमा  हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ पनि उपस्थित हुने बताईएको छ ।

 

कमेडी च्याम्पियन फाइनल