राजनीति

बामदेवको विषयलाई लिएर नेकपामा मारामार, प्रधानमन्त्री ओली ‘फायर’

बामदेवको विषयलाई लिएर नेकपामा मारामार, प्रधानमन्त्री ओली ‘फायर’

वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने नेकपा सचिवालयको निर्णय केही घन्टामै धरापमा परेको छ।

बुधबार बिहानको सचिवालय बैठकले राष्ट्रिय सभा सदस्यमा गौतमलाई लैजाने निर्णय गरेको केही घन्टामै प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टी वरिष्ठ नेता माधवकुमार नेपाललाई फोन गरेर आफूबिरुद्ध षड्यन्त्र भएको भन्दै अर्थमन्त्री युवराज खतिवडालाई नै राष्ट्रिय सदस्यमा निरन्तरता दिन राष्ट्रपतिलाई सिफारिस गरिदिन्छु भन्दै धम्की दिएका छन्।

जवाफमा नेता नेपालले आवेशमा नआउनू भन्दै ओलीलाई सम्झाउने प्रयत्न गरे पनि ओली भने खतिवडालाई राष्ट्रिय सभा सदस्यमा पुन: दोहोर्‍याउने निर्णयमा पुगिसकेको बताइएको छ ।