समाचार राजनीति

राजपा संसदकाे सूइ बामदेव गाैमतमाथि!

राजपा संसदकाे सूइ बामदेव गाैमतमाथि!

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद प्रमोद साहले सरकारकाे पछिल्लाे रवैयाकाे कडा अालाेचना गरे। उनले एउटा व्यक्तिका लागि संविधान संशोधन गर्न खोज्नु दुःखद् भएको बताए।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद साहले भने, ‘प्रधानमन्त्रीले आवश्यकता र औचित्यको आधारमा संविधान संशोधन हुन्छ भन्दै आउनु भएको थियो, के त्यो आवश्यकता र औचित्य भनेको एउटा व्यक्तिलाई प्रधानमन्त्री बनाउनु हो ?’

सरकार र सत्तारुढ दलले विगतमा मधेशवादी दलहरूसँग ३० पटक भन्दा बढी संविधान संशोधन गर्ने सम्झौता गरेको सांसद साहले उल्लेख गरे । उनले भने, ‘विभिन्न समुदायले आफ्नो मानसम्मान, स्वाभिमान, पहिचान र अधिकारका लागि माग गर्दा तयार नभएको नेकपाले व्यक्तिका लागि संविधान संशोधन गर्न कार्यदल नै बनायो, कार्यदललाई संविधान संशोधनका लागि शुभकामना छ ।’