खेल

स्टर्न रिजन कपः ओमानले माल्दिभ्सलाई १० विकेटले हरायो

स्टर्न रिजन कपः ओमानले माल्दिभ्सलाई १० विकेटले हरायो

काठमाडौंः एसिया कप टी–२० को रोडम्यापको उपलब्ध एसीसी ओमानमा जारी एसीसी वेस्टर्न रिजन कप अन्तर्गत माल्दिभ्सविरुद्ध ओमान १० विकेटले विजयी भएको छ । माल्दिभ्सले दिएको १ सय ३० रनको लक्ष्य ओमानले १४.२ ओभरमा बिनाविकेट पूरा गर्‍यो ।

उसका लागि खावर अलिले ६६ र जितेन्दर सिंहले अविजित ४८ रन बनाए । यसअघि टस हारेर ब्याटिङको मौका पाएको माल्दिभ्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २९ रन बनायो । उसका लागि रिश्वान मोहम्मदले उत्कृष्ट ब्याटिङ गरे । उनले ४ छक्का र ५ चौका प्रहार गर्दै ६१ रन बनाए । यस्तै हसन हज़िक रशीदले ३४ रनको योगदान दिए । अन्य खेलाडीले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

बलिङमा ओमान टीमका बिलाल खानले २, मोहम्मद नदीम, सुफ्यान महमूद मुस्लिम र सैयद आमिर कलीमले एक–एक विकेट लिए । जारी प्रतियोगितामा समूह ‘ए’मा रहेको ओमानले ३ म्याच खेल्दा २ मा जित र एक खेलमा हार बेहोेरेको छ । यता माल्दिभ्स भने ३ खेलमै पराजित भएको छ ।

स्टर्न रिजन कप माल्दिभ्सविरुद्ध ओमान