विचित्र विश्व

जन्मनेबित्तिकै रुनुको सट्टा नवजात शिशु रिसाएपछि .......

जन्मनेबित्तिकै रुनुको सट्टा नवजात शिशु रिसाएपछि .......

एजेन्सी । एक नवजात शिशुको एक्सप्रेशनका कारण शिशुको तस्वीर अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ बनेको छ । यो घटना ब्राजिलको रियो डी जेनेरियो अस्पतालको हो ।

१३ फेब्रुअरीमा एक महिलाले शिशुलाई जन्म दिएकी थिइन् । नाभी काट्नु अघि चिकित्सकले शिशुलाई रुवाउने कोशिस गरे । तर त्यसक्रममा नवजात शिशुले देखाएको प्रतिक्रियाबाट चिकित्सक छक्क परेका छन् । 

चिकित्सकका अनुसार शिशु जन्मिने समयमा रोएकी थिइनन् । नाभी काट्नु भन्दाअघि नवजात शिशुलाई रुवाउने कोशिस गरे । नवजात शिशु स्वस्थ्य रहेको र फोक्सोले राम्ररी काम गरेको सुनिश्चित गर्न शिशुलाई रुवाउने प्रयास गरिएको थियो । तर सो समयमा नवजात शिशुले धेरै रिसाएको प्रतिक्रिया देखाइन् ।

उनको यस्तो प्रतिक्रिया देखेर अस्पतालको वातावरण खुशीमय बनेको थियो । नवजात शिशुको तस्वीर खिच्न स्थानीय प्रोफेशनल फोटोग्राफर रोड्रिगो कुन्सटमनलाई हायर गरेकी थिइन् । नवजात शिशु रिसाएको तस्वीर उनले कैद गरे, जुन अहिले भाइरल भएको छ ।

नवजात शिशु रिस