भिडियो Breaking News कभर स्टोरी

विद्यार्थीलाई सिकाउने होइन सिक्न दिनुपर्छ ( भिडियोसहित) 

विद्यार्थीलाई सिकाउने होइन सिक्न दिनुपर्छ ( भिडियोसहित) 

आजभोलि अभिभावकहरुले आफना बालबालिकालाई टिउसन हाल्ने चलन छ । परीक्षामा राम्रो अंक ल्याओस भनेर कतिपयले त ‘ होम टिउसन’ नै लगाएका हुन्छन् । तर, यसले बालबालिकालाई सिक्ने अवसर प्रदान गरेको होइन बरु झन उसको ‘सोच्ने शक्ति’ मा हस आउँछ । 

करिब २४ वर्षदेखि शिक्षा व्यवस्थापकका रुपमा सक्रिय कुमार थापा भन्छन्, ‘ हाम्रो शिक्षामा सिकाइको तरिका बदल्न जरुरी छ । जसरी छेउमा शिक्षक राखेर विद्यार्थीले आफनो गृहकार्य राम्रोसंग गर्न सक्दैन, उसले सानो समस्यामा पनि शिक्षकको सहयोग लिन्छ, आफनो दिमाग प्रयोग गर्दैन, त्यसरी नै विद्यार्थीलाई एक्लै छोडेर गृहकार्य गर्न दिए उसले आफनो दिमाग प्रयोग गर्छ । सिकाउने भनेको विद्यार्थीलाई तिखार्ने हो, अभ्यस्त बनाउने हो,  घोकाउने रटाउने केही होइन । ’ 

अहिले अधिकांश अभिभावकको चाहना भनेको आफना छोराछोरीले जसरी हुन्छ परीक्षामा राम्रो अंक ल्याओस भन्ने नै हुन्छ । भोलि गएर विदेश जान सकोस वा राम्रो जागिर पाओस । तर, शिक्षा भनेको त्यो होइन । शिक्षाको ध्येय भनेको असल नागरिक उत्पादन हो । शिक्षाले मानिसको व्यवहारिक जीवनमा सकारात्मक परिवर्तन ल्याउनु पर्छ । 

अझ हामीकहाँ बालबालिकालाई शिक्षा वा ज्ञान थोपर्ने चलन छ । यो विल्कुल गलत हो । विद्यार्थीको रुची चाहना बुझेर उसलाई त्यही अनुसारले अघि बढाउनुपर्छ । यो काम अभिभावक र शिक्षक दुवैले मिलेर गर्नु पर्दछ । 

शिक्षा व्यवस्थापक थापा यी र यस्तै विषयमा नेपाल आजमा अब उपरान्त नियमित स्तम्भमा आउँदैछन् । उनीसंग गरिएको विस्तृत कुराकारी यस्तो छ :