समाचार राजनीति

अर्थमन्त्री खतिवडाले सम्हाले सञ्चार मन्त्रालयको जिम्मेवारी

अर्थमन्त्री खतिवडाले सम्हाले सञ्चार मन्त्रालयको जिम्मेवारी

काठमाडौं - अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । 

७० करोडको कमिसनको अडियो प्रकरणपछि सूचना तथा संचार प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएपछि रिक्त रहेको यो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले खतिवडालाई तोकेकी हुन् ।

उनले आइतबार मन्त्रालयमा पुगी संचार मन्त्रालयको पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै मन्त्री खतिवडाले संचार मन्त्रालयबारे केही न केही जानकारी बजेट निर्माणका क्रममा हुने गरेको बताए ।

प्रधानमन्त्री र राष्ट्रपतिले आफूलाई गहन जिम्मेवारी दिएको अर्थमन्त्री खतिवडाको भनाइ छ । सूचना प्रविधिको माध्यमबाट शासकीय प्रवन्धलाई पारदर्शी बनाइने र सञ्चार माध्यमलाई व्यवस्थित गरिने उनले बताए ।