समाचार

काेटेश्वरबाट ८ जना जुवाडे पक्राउ

काेटेश्वरबाट ८ जना जुवाडे पक्राउ

काठमाडौं - पछिल्लाे समय काठमाडाैँलाइ अपराध रहित बनाउन प्रहरीले विभिन्न अपरेसनहरू चलाइरहेकाे छ । साेही अपरेसन अन्तरगत प्रहरीले कोटेश्वरको नरेफाँटबाट ८ जना जुवाडेलाई पक्राउ गरेको छ ।

स्थानीय दिपक कार्कीको घरमा जुवा खलिरहेको अवस्थामा ५८ वषर्षीय विजय राईसहित अन्य व्यक्तिलाई पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी प्रभाग, कोटेश्वरबाट खटिएको टोलीले उनीहरुलाई २६ हजार ४ सय रुपैयाँ र दुई बुक ताससहित पक्राउ गरेको काठमाडौं प्रहरी परिसर, टेकुले जनाएको छ ।