विचित्र विश्व

युवतीले मुटु चोरेको भन्दै एक युवकले प्रहरीमा उजुरी दिएपछि ......

युवतीले मुटु चोरेको भन्दै एक युवकले प्रहरीमा उजुरी दिएपछि ......

एजेन्सी। आफैले दुख गरि कमाएको धन सम्पत्ति होस् या सर समान चोरी हूँदा डराउनु आत्तिनु स्वाभाविक कुरा हो। यस्तो अवस्थामा चोरी भएको धनमाल खोजिदिन प्रहरीमा उजुरी समेत दिने गरिन्छ।

तर के तपाईले मुटु चोरेको आरोपमा प्रहरीमा उजुरी परेको भन्ने कहिल्यै सुन्नु भएको छ ? पक्कै पनि छैन, यो कुरा वास्तविक हो भारतका एक युवक आफ्नो मुटु चोरी भएको भन्दै प्रहरीसमक्ष उजुरी दिन पुगेका छन् ।

यो अचम्म लाग्दो घटना महाराष्ट्रको नागपुर भन्ने ठाउँमा घटेको हो । नागपुरका एक युवकले आफ्नो मुटु एक युवतीले चोरी गरेको बताउदै खोजी दिन आग्रह गरेका हुन् । उनको यस्तो उजुरीले चौकीमा रहेका अचम्मित त् थिए नै तथापी उनीहरु युवकको कुराले अक्क न बक्कमा परेका थिए। 

आफ्नो मुटु एक युवतिले चोरेको हुनाले फिर्ता ल्याइदिन प्रहरीमा उजुरी दिन पुगेका युवकको उजुरीबारे इन्तु न चिन्तु बनेका ड्यूटीमा खटिएका प्रहरीले माथिल्लो तहका अधिकारीसँग सम्पर्क गरेका थिए ।

अनौठो प्रकारको उजुरीले अचम्ममा परेका उच्च अधिकारीहरुले यस प्रकारको मुद्धाको विषयमा भारतीय कानुनमा कुनै पनि प्रावधान नभएको बताउदै ती युवालाई घर फर्काएका थिए ।

 

उजुरी मुटु चोरी युवती