गाँजा खाने तथा हुलदंगा गर्न खोज्ने ४५ जना पशुपतिबाट पक्राउ

गाँजा खाने तथा हुलदंगा गर्न खोज्ने ४५ जना पशुपतिबाट पक्राउ

काठमाडौँ। पशुपति क्षेत्रमा गाँजा खाने, हुलदंगा गर्ने तथा पकेट मार्न खोज्ने ४५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  

शिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा दर्शनार्थीको घुइंचो लाग्ने तथा गाँजा खानकै लागि भए पनि मानिसहरु जाने गरेका छन।  

भारतबाट आएका बाबाहरु माथि भने गाँजा सेवनमा कुनै प्रतिबन्ध लगाईएको छैन। त्यसकारण उनीहरु आज्ञा खुलेआमा रुपमा गाँजा खाने त बिक्रि गर्ने गरिरहेका भेटिन्छन। तथापी अन्यको भक्तिका हकमा भने पशुपति लगायत कुनै पनि स्थानमा गाँजा सेवन तथा बिक्रि वितरणमा रोक लगाईएको छ। 

पक्राउ गरिएका ४५ मध्ये २० जनाभन्दा बढीलाई गाँजा सेवनको आरोपमा नियन्त्रणमा लिइएको प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए।

 

संम्बधित खबर