मनोरञ्जन

फ्राइडे रिलिज: 'आमा' भर्सेस 'सेन्टी भाइरस'

फ्राइडे रिलिज: 'आमा' भर्सेस 'सेन्टी भाइरस'

काठमाडौँ। फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट दुई नयाँ चलचित्र प्रदर्शनमा आएका छन।  दीपेन्द्र के खनाल निर्देशित पारिवारिक कथानक चलचित्र 'आमा' र राम बाबु गुरुङ निर्देशित 'सेन्टी भाइरस।

'आमा' मा मिथिल शर्मा शीर्ष भूमिकामा रहेकी छन् भने 'सेन्टी भाइरस'मा सिताराम कट्टेल मुख्य भूमिकामा छन्।

यसैगरी चलचित्र 'आमा'मा मिथिलाका अलावा सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, लक्ष्मी भुषाल, टिका पहारीलगायतका कलाकारको अभिनय छ  भने 'सेन्टी भाइरस'मा सिताराम कट्टेलको साथमा दयाहाङ राई, कुञ्जना घिमिरे, विल्सनविक्रम राई, बुद्दि तामाङ, राजाराम पौडेल, बसन्त भट्ट, कमलमणि नेपाल, सन्दीप क्षेत्री आदि कलाकारको अभिनय रहेको छ।

यी दुई नेपाली सिनेमाका अलवा नेपाली सिनेमाघरमा दुई हिन्दी सिनेमा 'शुभ मंगल ज्यादा सावधान' र 'भूत' रिलिज भएका छन्।

यसैगरी हलिउडतर्फ 'द कल अफ द वाइल्ड' रिलिज भएको छ।शुक्रबार र शनिबार लगातार दुई दिन बिदा परेकाले नेपाली सिनेमाहरूले राम्रो व्यापार गर्ने अनुमान गरिएको छ।

'आमा' भर्सेस 'सेन्टी भाइरस'
ADVERTISEMENT