मनोरञ्जन

'आमा' हेर्न आमासँग नि:शुक्ल

'आमा' हेर्न आमासँग नि:शुक्ल

काठमाडौँ। चलचित्र प्रदर्शन प्रचारका बेला चलचित्र निर्माण टीमले विभिन्न घोषणाहरु गर्ने गरेका छन् । कतिपयले विभिन्न प्रतियोगीतानै गराउने गरेका छन् । प्रदर्शनको संघारमा चलचित्र ‘आमा’ यूनिटले पनि यस्तै फरक घोषणा गरेको छ । 
शुक्रबारबाट रिलिजको तयारीमा रहेको ‘आमा’ केहि दर्शकहरुले निशुल्क हेर्न पाउने भएका छन् । उक्त चलचित्र निशुल्क हेर्न भने दर्शकले आफ्नी आमाका साथमा जानु पर्ने छ । यो व्यवस्था भने काठमाडौं उपत्यकका केहि हलहरुमा मात्रै लागु हुने निर्माण टीमले जनाएको छ । 

काठमाण्डौको ‘जय नेपाल हल’मा पौने १२ बजे, ‘क्यूज हल’मा पौने ११ बजे र कुमारी हलमा बिहान साढे ८ बजेको शोमा ‘आमा’ लिएर पुग्दा नि:शुल्क चलचित्र हेर्न पाइने निर्देशक दीपेन्द्र के खनालले बताएका छन् ।  ‘एक दिन आफ्नी आमासँग’ भन्ने भावका साथ आफूहरुले यो घोषणा गरेको उनको भनाई छ । 

हलमा यी शोहरु परिवर्तन नभएसम्मलाई यो घोषणा लागू हुने छ । दीपेन्द्र के खनालले निर्देशन गरेको यो चलचित्रमा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल लगायतका कलाकारको मुख्य भूमिका छ । शर्मिला पाण्डेले यो चलचित्रको निर्माण गरेकी हुन् । शुक्रबार साप्ताहिकबाट 

 

'आमा'
ADVERTISEMENT