विचित्र विश्व

मृतकको लाशको स्वरुपमा तयार पारिएको केक काटेर मनाईयो मृत्युको बार्षिकी (भिडियोसहित)

मृतकको लाशको स्वरुपमा तयार पारिएको केक काटेर मनाईयो मृत्युको बार्षिकी (भिडियोसहित)

एजेन्सी। दुनियाँमा हरेक देशका मानिसको जिन्दगि जिउने तरिकादेखि लिएर मर्नेसम्मका रहनसन तथा संस्कृति र परम्पराहरु फरक-फरक हुन्छन् । कतिपय ठाउँका संस्कारहरु त यति धेरै अनौठ हुन्छन कि सुन्नेलाई पनि पत्याउन गाह्रो हुन्छ।

पछिल्लो समय एउटा यस्तै भिडियो सामाजिक संजालमा निकै चर्चित बनिरहेको छ । उक्त भिडियोमा कुनै व्यक्तिको डेथ एनिभर्सरी अर्थात् निधनको वार्षिकीमा मृतकको लासको स्वरुपमा तयार पारिएको केक मानिसहरुले काटेर खाइरहेका छन् ।

उक्त लासरुपी केक सर्भ गर्नका लागि त्यहाँ वेटरहरु पनि देखिन्छन् । साथै भिडियोमा केही फोटोग्राफरहरुले तस्वीर खिचिरहेको पनि देखिन्छ ।उक्त भिडियो स्पेनको रहेको बताइएको छ । तर स्पेनको कुन ठाउँमा खिचिएको हो भन्नेचाहिँ खुलेको छैन ।

भिडियो हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस

https://www.facebook.com/zegotmedia/videos/1529609277193396/

केकबाट बनाइएको मृतकको शरीरलाई काटेर पाहुनाहरुले खाइरहेको दृश्य अनौठो लाग्दो अवश्य पनि छ । भिडियोलाई झट्ट हेर्दा वास्तविक मान्छे जस्तो देखिएपनि यो डेड बडीको केकको स्वरुप हो। 

मृत्युको वार्षिकी केकको लास