मनोरञ्जन

चलचित्र ‘सुटिङ सेट’मा भयानक दुर्घटना, सहायक निर्देशकसहित ३ जनाको मृत्यु

चलचित्र ‘सुटिङ सेट’मा भयानक दुर्घटना, सहायक निर्देशकसहित ३ जनाको मृत्यु

चलचित्र 'इन्डिया–२' को सुटिंङ सेटमा भयंकर दुर्घटना भएको छ । दुर्घटनामा परी चलचित्रका सहायक निर्देशकसहित ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा केही घाइते भएका छन् । सुपरस्टार कमल हासनको अपकमिङ् चलचित्र इन्डिया–२ को सुटिंगको दौरानमा यो घटना चेन्नाईमा भएको हो ।  

मृत्यु हुनेमा सहायक निर्देशक कृष्णा र दुई जना मधु र चन्द्रन रहेको बताइएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् । कमल हसन आफैँ अस्पतालमा पुगेर घाइतेहरुबारे सोधपुछ गरेका छन् ।

चलचित्रलाई एस शंकरले निर्देशन गर्दै छन् । केही समयअघि चलचित्रको पोस्टर सार्वजनिक गरिएको थियो । यो चलचित्र सन् १९९६ बनाइएको कमल हसनको इन्डियन फिल्मको सिक्वेल हो । चलचित्रमा सिद्धार्थ र काजल अग्रवालको अभिनय पनि हेर्न सकिन्छ । – एजेन्सी 

 

दुर्घटना
ADVERTISEMENT