स्वास्थ्य

यस्ता छन, शाहाकारी खाना खाँदा हुने फाइदा

यस्ता छन, शाहाकारी खाना खाँदा हुने फाइदा

शाहाकारी भोजनसले नतागत हुन्छ  भन्ने सोच कतिपयमा हाभी भएको पाइन्छ तर, यो सोचाई बिल्कुलै गलत हो शरीरमा उर्जाको कमि त्यतिबेला हुन्छ जब शरीरमा  आइरन र भिटामिन बी–१२को कमि हुन्छ। 

यी दुई पौष्टिक तत्व आपूर्तिको सबैभन्दा उत्तम स्रोत नै शाकाहारी खाना हो।सागसब्जीबाट प्राप्त हुने प्रोटिनले शारीरिक आवश्यकतालाई राम्रैसँग पिउरा गर्न सक्छ। बिन्स, दाल, फलफूल र रोटीमा शरीरलाई आवश्यक पर्ने प्रसस्त प्रोटिन पाइन्छ।

शाकाहारी खानामा फाइबरको मात्रा अत्यधिक हुन्छ। जसले मानिसको पेट भरिराख्न सहयोग पुर्‍याउँछ। यसका साथै शाकाहारी भोजनले रगतमा सुगरको लेभल स्टेबल बनाई भोकको इच्छा कम गर्ने काम गर्छ।

धेरै मानिसले मान्ने कुरा के पनि हो भने शाकाहारी खानामा बोसोको मात्रा पाइँदैन, जसले गर्दामा मानिसमा बोसोको कमी हुन थाल्छ। यसमा पनि कुनै सत्यता छैन। तर, फ्रेन्च फ्राई, तेलमा भुटेका पकौडा, भेजिटेरियन फुडमा बोसोको मात्रा हुन्छ भनेरचाहिँ सबैले भन्दै आएको कुरा हो।

शाहाकारी
ADVERTISEMENT