मनोरञ्जन

नेहाले दिईन पूर्वप्रेमी हिमांशुलाई गालीसहितको धम्की

नेहाले दिईन पूर्वप्रेमी हिमांशुलाई गालीसहितको धम्की

एजेन्सी। गायिका नेहा कक्कर्ले पूर्वप्रेमी तथा अभिनेता हिमांशु कोहलीलाई सामाजिक संजालमार्फत गालीसहितको धम्की दिएकि छिन।केहिदिन अघि हिमांशुले ब्रेकअपको बारेमा अन्तर्वार्ता दिएपछि आक्रोशित बनेकी नेहाले उनलाई हिर्काएको भिडियो हाल सामाजिक सञ्जालमा भाइरल भईरहेको छ।  

नेहाले सामाजिक सञ्जाल इन्स्टग्राममा पोस्ट गर्दै हिमांशुले आफ्नो छबि खराब गर्ने कोसिस गरिरहेको बताएकी छिन।  जसले मेरा बारेमा जे भनिरहेका छन ति सबै झुटा हुन्, उनीहरुलाई मेरो नाम लिएर चर्चा कमाउनु छ। चर्चा कमाउन मन भए मबाट प्रभावित भएर काम गर, उनले पोस्टमा लेखेकी छिन। पोस्टमा हिमांशुको नाम उल्लेख नगरिएको भएता पनि नेहाले पुरै परिवारको पर्दाफास गर्ने चेतावनी समेत दिएकि छिन। 

मैले मुख खोले भने तिम्रा बाबु आमा अनि बहिनीको कर्तुत सार्वजनिक हुनेछ, उनीहरुले मलाई कस्तो व्यवहार गरेका थिर भन्ने थाहा पाउनेछन। मेरो नाम लिएर आफुलाई बिचरा बनाउने प्रयास नगर, उनले लेखेकी छिन। 

हिमांशुको नराम्रो व्यवहारका कारण नै उनीहरुको ब्रेकअप भएको थियो। उनीहरुबीच डेढबर्ष अघि ब्रेकअप भएको थियो। ब्रेकअपपछि यी दुई एकअर्कामाथि आरोप प्रत्यारोप थोपर्ने काम मात्र गरिरहेका छन।  

 

#नेहा कक्कर
ADVERTISEMENT