मनोरञ्जन

कियाराको टपलेस फोटोसुट, सामाजिक सञ्जालमा भाइरल

कियाराको टपलेस फोटोसुट, सामाजिक सञ्जालमा भाइरल

एजेन्सी। कबिर सिंह र गुड न्युजको सफलतासंगै अभिनेत्री कियारा आडवाणी बलिउड डिमाण्ड ह्वात्तै बढेको छ। सुरुवाती दिनमा साधारण शैलीमा प्रस्तुत हुने कियारा अहिले लाईफस्टाइल पुरै बदलिएको छ। पछिल्लो समय उनलाई अनेक तरहका बोल्ड एण्ड हट अवतारमा देखिन थालेको छ।  

हालैमात्र, उनले फोटोग्राफर डब्बु रतानीको क्यालेन्डरमा बोल्ड फोटोसुट गराएकी छिन् । कियराले गराएको टपलेस फोटो अहिले भाइरल भैरहेको छ । विशेषगरि, चलचित्र ‘कविर सिंह र गुड न्यूज’मा साधारण यूवतीको भूमिकामा देखिएकी कियरा एकाएक यति बोल्ड बनेपछि यसले चर्चा पाएको हो। 

आफ्नो गोप्य अंगलाई पातले छोपेर उनले फोटोसुट गराएकी छिन् । डब्बुको क्यालेन्डरमा बलिउडका अन्य केही नायिकाको पनि बोल्ड फोटोसुट छ । तर, कियराको तस्वीरले भने राम्रो चर्चा बटुलिरहेको छ ।

कियारा आडवाणी
ADVERTISEMENT