विदेश

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार पुग्यो, ७५ हजार संक्रमित

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार पुग्यो, ७५ हजार संक्रमित

एजेन्सी। कोरोना भाइरस अर्थात् कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या २ हजार नाघेको छ ।

कोरोना फैलन सुरु भएदेखि चीनमा २ हजार एक जना र चीनबाहिरका देशमा ४ जना गरी मृत्यु हुनेको सङ्ख्या दुई हजार पाँच पुगेको समाचार संस्था सीएनएनले जनाएको छ । चीनबाहिर फिलिपन्स, हङकङ, जापान र फ्रान्समा एक/एक जनाको मृत्यु भएको छ ।  

गएको २४ घण्टामा मात्र कोरोना भाइरसका कारण १ सय ३२ जनाको मृत्यु भएको छ। केही दिनदेखि मृत्यु हुनेको सङ्ख्या घटिरहेको भए पनि मङ्गलबार मृत्यु हुनेको सङ्ख्या फेरि बढेको हो ।

यस्तै कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ७५ हजार नाघेको छ । यसैबीच चीनको सेन्टर फर् डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको अध्ययनअनुसार सङ्क्रमितमध्ये ८० प्रतिशतभन्दा धेरै बिरामी तथा वृद्धवृद्धा रहेकाे देखाएको छ । अध्ययनले स्वास्थ्यकर्मी पनि उच्च जोखिममा रहेको देखाएको छ ।

कोरोना भाइरस