मनोरञ्जन

'अमेरिकन एयरपोर्टमा भारतीयलाई जहिल्यै शंकाले हेरिन्छ': सारा अली खान

'अमेरिकन एयरपोर्टमा भारतीयलाई जहिल्यै शंकाले हेरिन्छ': सारा अली खान

एजेन्सी। बलिउड अभिनेत्री सारा अली खानले अमेरिकाको अन्तर्राष्ट्रिय एयरपोर्टमा भारतीयलाई जहिले पनि शंकाको दृष्टिकोणले हेर्ने गरेको बताएकी छिन। विगतमा अभिनेता शाहरुख खानलाई केही घन्टा रोकेको एयरपोर्टले आफू पनि खान भएकै कारण हरेकपटक कडा निगरानी र रोकावटमा पर्ने गरेको बताएकी छन् ।

‘मेरो पासपोर्टको फोटोमा म केही मोटी देखिएको छु । अहिले शारीरिक रूपमा फिट छु ।’ तर पनि आफूलाई पटक–पटक शंका गरेर एयरपोर्टमा रोक्ने र अनावश्यक सोधपुछ गर्ने गरेको यी अभिनेत्रीले बताएकी छन् । आफूले अन्य परिचयपत्र देखाउँदा पनि उनीहरूले दुःख दिने गरेको गुनासो यी अभिनेत्रीले पोखेकी छन् ।

हालै एक कार्यक्रमका लागि अमेरिका गएकी यी अभिनेत्रीले विगतमा जस्तै यसपटक पनि यस्तै, समस्या झेल्नुपरेको बताएकी छन्, ‘त्यहाँका एयरपोर्टका अधिकारी हामीलाई विश्वास र भरोसा गर्दैनन् । अझ मुस्लिमलाई हेर्ने दृष्टिकोण झनै फरक मैले पाएकी छु ।’

अभिनेत्री साराले आफ्नो फिल्म लभ आजकलको प्रचारका क्रममा यस्तो गुनासो पोखेकी हुन् । उनको फिल्म यही शुक्रबार रिलिज भएको थियो । सो फिल्मले सोचेअनुसारको व्यापार गरेको छैन । यसअघि दुईवटा हिट फिल्म दिएकी साराको यो तेस्रो फिल्म बक्स अफिसमा असफल साबित भएको छ ।

सारा अलि खान अमेरिकन एयरपोर्ट
ADVERTISEMENT