मनोरञ्जन

हेभी गाउन लगाएपछि ४ वटा कुर्सीमा बसिन उर्वशी, भईन ट्रोलको शिकार

हेभी गाउन लगाएपछि ४ वटा कुर्सीमा बसिन उर्वशी, भईन ट्रोलको शिकार

एजेन्सी। असमको गुवाहाटीमा आयोजित फिल्मफेयर अवार्ड २०२० को फिल्मी दुनियाँका थुप्रै सेलिब्रिटीको उपस्थिती रह्यो । सेलिब्रिटीले प्रत्येक कार्यक्रममा आफूलाई भिन्न देखाउन कुनै कमी हुन दिँदैनन् । यसपटक पनि त्यस्तै देखियो ।

फिल्मफेयर अवार्ड कार्यक्रममा अभिनेत्री उर्वशी रौतेलाले धेरैको ध्यान आकर्षित गर्न सफल भइन् । उनले जुन पहिरन लगाएकी थिइन् त्यसकारण उनलाई ट्रोल पनि गरिएको छ ।वास्तवमा उर्वशी रौतेलाले इन्स्टाग्राममा एउटा भिडियो शेयर गरेकी छिन् जसमा उनी भारी र ओभरसाइज्ड अफ शोल्डर इम्बेलिश्ड बल गाउन लगाइरहेको देखिएकी छिन् ।

https://www.instagram.com/p/B8qmyCuhp7Z/

उर्वशीको यो रातो पहिरन चर्चाको विषय बनेको छ । भिडियोमा उनले बस्नका लागि धेरै स्थान ओगटेको देख्न सकिन्छ जसका कारण त्यहाँ भएका धेरै मानिसहरुको ध्यान उनीतर्फ केन्द्रीत भएको पनि देख्न सकिन्छ । उर्वशीले भिडियोको क्याप्सनमा लेखेकी छिन , ‘मेरो अद्भुत टिमबिना मेरो सबैभन्दा भारी रेड कार्पेट एक्सपिरियन्स सम्भव हुन सक्दैनथ्यो । म चारवटा सिटमा बसेकी थिएँ । ’

मानिसहरुले उर्वशीको यो पहिरनको निकै आलोचना गरेका छन् ।कमेन्टमा लेखिएको छ, ‘मानिसहरुले एउटा सिटमा बस्नका लागि पैसा तिरेका हुन्छन्, तर तिमी चारवटा सिटमा बसेकी छौ ?’अर्का व्यक्तिले कमेन्ट गर्दै लेखेका छन , ‘यति ठूलो ड्रेस लगाउन नै किन पर्‍यो ? यसमा त एउटा पूरा गाउँलाई कपडा पुग्छ ।’

यस्तै, अर्का व्यक्तिले भने, ‘यसमा त पूरा घरको दुई जोडी कपडा बन्छ ।’यस्तै, अर्का व्यक्तिले ठट्यौली पारामा लेखेका छन्, ‘यो त रेड भेलभेट केकजस्तो देखिएको छ ।’ यस्तै, अर्का एक व्यक्तिले स्वच्छ भारत अभियानलाई प्रोमोट गरेकोमा धन्यवाद 

   

#उर्वशी रौतेला#
ADVERTISEMENT