अर्थ

कोरोना प्रभाव: स्मार्टफोनको मूल्य ६ देखि ७ प्रतिशतसम्म बढ्न सक्ने

कोरोना प्रभाव: स्मार्टफोनको मूल्य ६ देखि ७ प्रतिशतसम्म बढ्न सक्ने

एजेन्सी। चीनमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको प्रभाव प्रभाव स्मार्टफोन र फिचर फोनको मूल्यमा पनि देखिने भएको छ। कोरोना भाइरसकै कारणले चीनमा अधिकांश कामकाज ठप्प भएका छन।  

मार्केट विश्लेषकहरुका अनुसार आउँदो दुई साताभित्र स्मार्टफोन उत्पादक कम्पनीहरुले भारी मूल्यवृद्धि गर्ने तयारी गरिरहेका छन्। उनीहरुका अनुसार स्मार्टफोनको मूल्यमा ६ देखि ७ प्रतिशतसम्म बढ्न सक्छ।

मनौँ कुनै एउटा स्मार्टफोनको मूल्य ४० हजार रुपैयाँ छ भने त्यसमा ३ हजार रुपैयाँसम्म बढ्न सक्छ। त्यस्तै फिचर फोनको मूल्यमा १० प्रतिशतसम्म बढ्ने सम्भावना छ। यसको मतलब एउटा फिचर फोनको मूल्य १५ हजार रुपैयाँ छ भने यसमा १५ सय रुपैयाँसम्म बढ्ने सम्भावना छ । 

स्मार्टफोन कोरोना भाइरस