स्वास्थ्य

रातो र सेतो रंगको प्याजमध्ये कुन बढी स्वास्थ्यका लागि फाइदाजनक छ ? जानिराखौं

रातो र सेतो रंगको प्याजमध्ये कुन बढी स्वास्थ्यका लागि फाइदाजनक छ ? जानिराखौं

कुनै पनि परिकार प्याजको स्वादबिना अधुरो हुन्छ। प्याज खानाको स्वाद बढाउने मात्र नभई यो स्वास्थ्यका लागि पनि फाइदाजनक रहेको छ। तर बजारमा विभिन्न प्रकारका प्याज पाइन्छ। आज हामी बजारमा पाइने रातो र सेतो मध्ये कुन रंगको प्याज स्वास्थ्यका लागि फाइदाजनक छ भन्ने बारे बताउन जाँदैछौं, आउनुहोस जानिराखौं 

-जुनसुकै रंगको प्याजमा पनि क्यान्सरसंग लड्ने तत्व हुन्छ, तर रातो प्याजमा क्यान्सरको सामना गर्ने क्षमता बढी हुन्छ। 

-रातो र सेतो प्याजमा क्यालोरीको मात्रा हुन्छ। १०० ग्राम काँचो रातो प्याजमा ३७ प्रतिशत क्यालोरी हुन्छ र सेतो प्याजमा क्यालोरीको मात्रा ४२ प्रतिशत हुन्छ। यसको मतलब सेतो प्याजमा रातो प्याजको तुलनामा क्यालोरीको मात्रा धेरै हुन्छ। 

-१०० ग्राम रातो प्याजमा १२ ग्राम फाइबर हुन्छ, जबकी १०० ग्राम सेतो प्याजमा १० ग्राम फाइबर हुन्छ। यानकी रातो रंगको प्याज फाइबरको राम्रो स्रोत हो। 

-रातो र सेतो दुवै रङको प्याज भिटामिन सी को राम्रो स्रोत हो। हरेक दिन १०० ग्रामको प्याजको सेवनबाट हामीले शरीरलाई आवश्यक पर्ने १० प्रतिशत भिटामिन सी प्राप्त गर्न सक्छौं। 

-रातो रंगको प्याजमा क्याल्सियमको मात्रा अधिक हुन्छ भने सेतो प्याजमा क्याल्सियमको मात्रा कम हुन्छ।  

-रातो प्याजमा आइरनको मात्रा प्रसस्त हुन्छ जबकी सेतो प्याजमा आइरनको मात्रा कम हुन्छ। 

-सलाद या खानामा सेतोकोइ तुलनामा रातो प्याज प्रयोग गरेमा यसबाट प्रसस्त लाभ उठाउन सकिन्छ।  

 

 

रातो र सेतो प्याज
ADVERTISEMENT