समाचार

प्रधानमन्त्री ओली अस्पताल भर्ना

प्रधानमन्त्री ओली अस्पताल भर्ना

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । प्रधानमन्त्री ओलीकाे मुटुमा समस्या देखिएपछि मंगलबार त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएकाे हुन्।

प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री अस्पताल भर्ना भएकाे पुष्टि गरे। मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका एक कर्मचारीले प्रधानमन्त्री ओलीलाई मुटुमा स्वास्थ्य समस्या देखिएपछि भर्ना भएका हुन्।

प्रधानमन्त्री ओलीको मुटुको मनमोहन भास्कुलर सेन्टरस्थित क्याथ ल्याबमा एन्जिओग्राफी गरिएको छ। 'ढिला भएको भए उहाँ (प्रधानमन्त्री) को मुटुमा गम्भीर समस्या निम्तिन सक्ने जोखिम थियो', वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अरुण सायमीले भने, 'तर समयमै एनजिओग्राफी गरेकाले अहिले उहाँ खतरामुक्त हुनुहुन्छ।'

प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस, अपरेसनको तयारी प्रधानमन्त्री केपी शर्मा ओलीले १२ वर्षअघि प्रत्यारोपण गराएको मिर्गौलामा समस्या देखिएको छ । शरीरमा बढेको एन्टिबडी कम गर्न केही महिनाअघि सिंगापुरमा उनको प्लाज्मा फेरेसिस् गरिएको थियो । पछिल्लोपटक भने राजधानीको ग्राण्डी अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलासिस गरिँदै आएको छ । हालसम्म उनको चारपटक डायलासिस भएको छ ।