समाचार

बम राखेर फिरौती माग्ने सेनाका अवकाश प्राप्त हवल्दार पक्राउ

बम राखेर फिरौती माग्ने सेनाका अवकाश प्राप्त हवल्दार पक्राउ

काठमाडौं - व्यक्तिको घरमा बम राखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाली सेनाका अवकाश प्राप्त हवल्दार राजकुमार सार्की छन् । सार्कीलाई महानगरीय प्रहरी वृत्त, चापागाउँको टोलीले पक्राउ गरेको हो ।

सोमबार गोदावरीका शुकराम मिजारको घरमा ग्रिनेड बम राखेर सार्कीले पैसा मागेका थिए । तर, सेनाको बम डिस्पोजल टोलीले उक्त बम निष्कृय पारेको थियो ।

महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको प्राविधिक सहयोगमा चापागाउँ प्रहरीले आरोपितलाई पक्राउ गर्न सफल भएको एसएसपी सहकुलबहादुर थापाले बताए । सार्कीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए ।