मनोरञ्जन

जेठ २ मा आउने भयो पूजा र आकाशको 'सम्झना बिर्सना'

जेठ २ मा आउने भयो पूजा र आकाशको 'सम्झना बिर्सना'

काठमाडौँ। पूजा शर्मा र आकाश श्रेष्ठ अभिनित चलचित्र सम्झना बिर्सनाको रिलिज डेट तोकिएको छ। चलचित्र आगामी वर्ष जेठ २ गते रिलिज हुने भएको छ।

लभस्टोरी जनरामा निर्माण भएको चलचित्रले एक रोमान्टिक पोस्टर सार्वजनिक गर्दै जेठ २ गतेलाई प्रदर्शन मिति तोकेको हो।  सार्वजनिक पोस्टरमा चलचित्रमा मुख्य कलाकार पूजा र आकाशको जोडीलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ। 

निमेष प्रधान निर्देशित चलचित्रमा सुनिल थापा, शिशिर राणा, छुल्ठिम गुरुङलगायतका कलाकारको पनि अभिनय रहेको छ। चलचित्रको कथा र पटकथा निर्देशक प्रधानले नै लेखेका हुन्।

चलचित्रमा शिव ढकालको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन, शिशिर राणाको संवाद र कमल राईको कोरियोग्राफी रहेको छ। 

 

सम्झना बिर्सना
ADVERTISEMENT