मनोरञ्जन

अभिनेत्री लिन कोहेनको ८६ बर्षको उमेरमा निधन

अभिनेत्री लिन कोहेनको ८६ बर्षको उमेरमा निधन

हलिउडकी चर्चित अभिनेत्री लिन कोहेनको ८६ बर्षको उमेरमा मृत्यु भएको छ। लिनको के कारणले निधन भएको हो, भन्ने खुल्न सकेको छैन। 

टेलिभिजनका साथै थिएटरमा पनि सक्रिय लिन मृत्युको समयमा श्रीमान रोनाल्ड कोहेनसँगै थिइन्। उनले चर्चित टेलिभिजन सिरिज 'सेक्स एण्ड द लाइफ'मा म्यगेड़ाको भूमिका समेत निर्वाह गरेकी थिइन्, जसलाई दर्शकहरुले निकै नै रुचाएका थिए। 

यसका साथै लिनले ओस्कार अवार्डमा मनोनित चलचित्र 'म्युनिक'मा पनि काम गरेकी थिइन्। यस चलचित्रमा उनले  गोल्डा मीर नामक भूमिका निर्वाह गरेकी थिइन्। उनको निधनप्रति हलिउड स्टार र उनका फ्यानहरुले श्रद्धान्जली अर्पण गरेका छन। 

 लिन कोहेन
ADVERTISEMENT