अर्थ

कतिमा कारोबार हुँदैछ सुनचाँदी ? हेर्नुहोस

कतिमा कारोबार हुँदैछ सुनचाँदी ? हेर्नुहोस

काठमाडौं। सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर छ। आइतबार प्रतितोला ७६ हजार ५ सयमा कारोबार भएको सुन आज पनि सोही मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि स्थिर छ । सोमबार तेजाबी सुन प्रतितोला ७६ हजार २ सय रुपैंयामा कारोबार भईरहेको छ।

त्यसैगरी चाँदीको भाऊ भने आज बढेको छ । आइतबार ८ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको ५ रुपैंयाले बढेर८ सय ९० रुपैयाँ प्रतितोला पुगेको छ ।