मनोरञ्जन

सिद्धार्थ शुक्लाले जिते ‘बिग बोस १३’ को उपाधि

सिद्धार्थ शुक्लाले जिते ‘बिग बोस १३’ को उपाधि

काठमाडौंः टिभी जगतका चर्चित नाम सिद्धार्थ शुक्लाले बिग बोस १३ को उपाधि जित्न सफल भएका छन् । उपाधिसँगै शुक्लाले ५० लाख भारु र एउटा कार जितेका छन् ।

करिब साढे चार महिनासम्म चलेको यो चर्चित तथा विवादित रियालिटी शोको फाइनलमा ६ प्रतिस्पर्धी पुगेका थिए । सिद्धार्थ शुक्ला, आसिम रियाज, शहनाज गिल, रश्मि देसाई, आरती सिंह र पारस छाबडा । ग्रान्ड फिनालेमा सबैभन्दा पहिले पारस छाबडा बाहिरिए । उनले १० लाख भारु लिएर बिजेताको प्रतिस्पर्धाबाट आफूलाई अलग्गयाए ।

त्यसपछि जनताको भोटको आधारमा आरती सिंह, रश्मि देसाई र शहनाज गिल उक्त रेसबाट बाहिरिए । फाइनलमा यो शोको सबैभन्दा चर्चित जोडी सिद्धार्थ शुक्ला र आसिम रियाजबीच प्रतिस्पर्धा चलेको थियो ।

यी दुईको सुरुमा दोस्ती र पछि दुश्मनीका कारण शो निकै चर्चित र विवादित भएको थियो । यी दुईले उक्त कार्यक्रममा थुप्रै पटक झगडा र हात हालाहाल पनि गरे । अन्त्यमा सिद्धार्थ शुक्लाले सबैलाई पछि पार्दै कार्यक्रमको उपाधि जिते ।

सिद्धार्थ शुक्ला बिग बोस १३
ADVERTISEMENT