विचित्र विश्व

१ बर्षदेखी पानी नखाई जीवित छिन यी महिला

१ बर्षदेखी पानी नखाई जीवित छिन यी महिला

के कुनै व्यक्ति पानी नपिई बाँच्न सक्छ  ? तपाईले भन्नुहोला कदापी सक्दैन। तर इन्डोनेसियामा एउटी महिला पानी बिना पनि जिवित छिन। उनले बिगत एक बर्षदेखी पानीको थोपा पनि मुखमा हालेकी छैनन। जसले गर्दा उनको शरीरमा अजीवको परिवर्तन देखिन थालेको छ। 

उनि हुन् ३५ बर्षीया सोफी पार्टिक। पेशाले उनि एक योग शिक्षक र पोषण बिशेषज्ञ हुन्। उनले बिगत १ बर्षदेखी पानी पिएकी छैनन। पानी नखाई बस्दा उनि स्वस्थ छिन र स्वास्थ्यमा पनि सुधार भएको छ। यद्यपि पानीको बदलामा उनी फलफूल र जुस खान्छिन्। यस बाहेक उनी नारिवलको पानी पनि पिउँछिन्। 

सोफी भन्छिन, पहिले मेरो अनुहार धेरै सुख्खा थियो, एलर्जी , शरीर सुन्निने तथा पाचनसम्बन्धि समस्या थियो। धेरै उपचार पनि गरे तर केहि असर देखिएन। यसपछि मलाई एकजना साथीले सुख्खा उपबास बस्न भनि सुझाव दिईन। वास्तवमा सुख्खा उपबास भनेको पानी नखाई बाँच्नु हो। 

अब पानीको बारेमा सोफीको सोच पुरै परिवर्तन भएको छ। उनि भन्छिन पानी नखाई बाँच्न सकिन्न भन्ने मानिसको भ्रम हो। यदि हामी संयम छौं भने हामीले हाम्रो चाहनालाई पनि जित्न सक्छौं। 

 

 

 

#सोफी पार्टिक