हाम्रो पात्रो विज्ञापन
मनोरञ्जन

हिन्दु धार्मिक ग्रन्थ ‘स्वस्थानी’ च्यात्नुपर्ने अभिव्यक्तिमाथि कलाकार दिपककाे कडा टिप्पणी

हिन्दु धार्मिक ग्रन्थ ‘स्वस्थानी’ च्यात्नुपर्ने अभिव्यक्तिमाथि कलाकार दिपककाे कडा टिप्पणी

काठमाडौं – केही दिन अघि सत्तारुढ दल नेकपाकी सांसद यशोदा सुवेदी गुरुङले हिन्दु धार्मिक ग्रन्थ ‘स्वस्थानी’ च्यात्नुपर्ने अभिव्यक्ति दिएकी थिइन् ।

उनको अभिव्यक्तिको चौतर्फी बिरोध भयो केहि संख्यामा भने समर्थ पनि देखियो । परापुर्व कालमा लेखिएको ग्रन्थमा आजको वास्तविकता खोज्नु नै मुर्खता हो ।

यस बिषयमा कलाकार दिपक राज गिरिले भने केहि फरक बिचार राखेका छन् । उनले अन्य धर्मको बारेमा यसरी औला उठेको भए धार्मिकयुद्ध नै हुने बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुक स्टयाटस राख्दै यस्तो अभिव्यक्ति दिएका हुन् ।

स्टयाटस : 
कति उदार छौ हामी हिन्दु
सॉसदले स्वस्थानि च्यात्ने कुरा गर्दा खासै रिसाएनौ
यस्तै टिप्पणी अन्य धर्मशास्त्रका बारेमा गर्नु भएको भए ….
आज तपाइको घरमा आगो लागि रहेको हुन्थ्यो
त्यसैले हिन्दुहरू लाइ एकपल्ट चारै तिर घुमेर नमस्कार गर्नुस
हाम्रो उदारता र हाम्रो सहिष्णुताको लागि ……जय शम्भो!!!

ADVERTISEMENT