विदेश

कोरोना भाइरसबाट मर्नेको संख्या १५ सय पुग्यो

कोरोना भाइरसबाट मर्नेको संख्या १५ सय पुग्यो

एजेन्सी। चीनमा कोरोना भाइरसको संक्रमणबाट बिहिबार १ सय २१ जनाको ज्यान गएसंगै मर्नेको संख्या १५ सय पुगेको छ। यस संक्रमणको कारण मृत्यु हुनेमा सबैभन्दा बढी हुवेई प्रान्तका रहेका छन। 

स्वास्थ्य अधिकारीले बताए अनुसार यसबाट संक्रमित हुनेको संख्या ६४ हजार भन्दा माथि पुगेको छ।  क्षेत्रीय स्वास्थ्य आयोगले बताए अनुसार बिहीबार मात्र हुबेईमा कोरोनाको ४ हजार ८ सय २३ नयाँ संक्रमित भेटिएका थिए।

यस प्रान्तमा कोरोना भाइरसबाट मर्नेको संख्या १ सय १६ पुगेको छ। 

 

 

कोरोना भाइरस