मनोरञ्जन

लोकप्रिय बन्दै झुप्रीको ‘सम्झी रूना रूना’ (भिडियोसहित)

लोकप्रिय बन्दै झुप्रीको ‘सम्झी रूना रूना’ (भिडियोसहित)

काठमाडौंः ‘भ्वाइस अफ नेपाल–२’ मा सहभागी भएर चर्चाको शिखरमा रहेकी गायिका झुप्री भण्डारीको ‘सम्झी रूना रूना’ बोलको गीत लोकप्रिय बन्दै गएको छ । युट्युबमा सार्वजनिक भएको ३ दिनमा झुप्रीको यो गीतलाई ५ लाख ३० हजार बढी पटक हेरिएको छ । 

पाण्डव विष्टको लय रहेको ‘ठाडी भाका’ को शब्द संकलन गायिका भण्डारी स्वयं तथा उनलाई सहयोग गर्दै आएका कमल सघर्षले गरेका हुन् । सुदूरपश्चिमको अछाममा जन्मेकी उनी बच्चैदेखि दृष्टिविहीन हुन् । झुप्री भ्वाइस अफ नेपाल–२ को ब्याटल राउण्डबाट बाहिरिएकी थिइन्। 

कमल सघर्ष र वरुण रिजालको निर्देशन रहेको गीतमा भण्डारीका आमा–बाबु र उनी आफैले अभिनय गरेकी छन् । गीतमा दृष्टिविहीनले भोगेका समस्या, मनोभावना तथा समाजले उनीहरुप्रति गर्ने व्यवहारलाई समेटिएको छ । 

">

झुप्री भण्डारी सम्झी रूना रूना