समाचार

बाटो काट्ने क्रममा जिपको ठक्करबाट असईको मृत्यु

बाटो काट्ने क्रममा जिपको ठक्करबाट असईको मृत्यु

काठमाडौं । काभ्रेमा बाटो काट्ने क्रममा जिपको ठक्करबाट एक हरी सहायक निरीक्षक (असई)को ज्यान गएको छ। बनेपामा जिपको ठक्करबाट असई तेजबहादुर गुरुङको  ज्यान गएको हो।

बनेपा नगरपालिका–१३ स्थित सडकमा बा.१९ च १३२३ नम्बरको जिपले शुक्रबार दिउँसो ठक्कर दिँदा प्रहरी चौकी साँगामा कार्यरत असई गुरुङको ज्यान गएको काभ्रेका प्रहरी प्रमुख एसपी रवि पौडेलले बताए।

भक्तपुरबाट पाँचखालतर्फ जाँदै गरेको जिपको ठक्करबाट गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । नवलपरासी घर भएका २४ वर्षका असई गुरुङ चार वर्षदेखि काभ्रेमा कार्यरत थिए ।