मनोरञ्जन

प्रणय दिवसको साइत पारेर श्रृंखलाले गरिन् प्रेमको खुलासा

प्रणय दिवसको साइत पारेर श्रृंखलाले गरिन् प्रेमको खुलासा

काठमाडौं– पुर्व मिस नेपाल शृंखला खतिवडा र भ्लगर शिसन बानियाको प्रेम सम्बन्ध अब छर्लंग भएको छ । धेरैले उनीहरु बिच प्रेम सम्बन्त्र रहेको आकलन गरेपनि दुवै जनाले प्रेम सार्वजनिक रुपमा प्रेम स्विकार गरेका भने थिएननन् । लुकी चोरी घुमघाममा रमाउने उनीहरुले अब भने खुलेरै प्रेम प्रकट गरेका छन् ।

शृंखलाले पहिला पहिला सम्बन्ध नकार्ने गरेको भएपनि पछिल्लो समय चुप लागेर बसेकी थिइन् । उनले आफ्नो प्रेम दुनियाको सामु स्वीकार्न प्रणय दिवसको शुभ दिन रोजेकी छन् । 

सामाजिक संजाल इन्सटाग्राममा भिडियो स्टोरी पोस्ट गर्दै उनले ‘एक्साइटिङ डेट फर अस’ भन्दै हामीलाई प्रणय दिवसको शुभकामना भनेकी लेखेकी छन् । उक्त भिडियोमा शिशन समेत देखिएका छन् । उनी प्रेमी बानियाको साथ लुक्लामा रमाईरहेकी छन् ।