समाचार

झापाको धुलाबारी र गौरीगञ्जमा आगलागी

झापाको धुलाबारी र गौरीगञ्जमा आगलागी

झापाः झापाको गौरीगञ्ज र धुलाबारीमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरीगञ्ज गाउँपालिका ३ स्थित इलाका प्रशासन कार्यालयसँगै रहेको प्रार्थना होटेलमा ग्यास सिलिन्डर चुहावट भई बुधबार राति आगलागी भएको छ ।

पाथीभरा ग्यासको नयाँ सिलिन्डर ट्याङ्की खोलेर सल्काउना साथ आगलागी भएको होटल सञ्चालक दुर्लभमान श्रेष्ठले जानकारी दिए । आगलागीबाट करिब १५ लाख रुपैयाँ बराबरकोे क्षति भएको उनले बताए । बेलुका ६ बजेतिर भएको आगलागी इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी, स्थानीयवासी र गौरादह नगरपालिकाको बारुण यन्त्रको सहयोगमा एक घण्टापछि नियन्त्रणमा आएको थियो ।

यस्तै बुधबार राति नै १० बजेतिर मेचीनगरको धुलाबारी बजारनजिकै टिमाई खोला छेउमा एउटा घरमा आगलागी भएको छ । आगलागीबाट घर जलेर खरानी भएको छ । मेचीनगर नगरपालिकाको वारुणयन्त्रले आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

झापा आगलागी धुलाबारी गौरीगञ्ज