खेल

यसरी सुरु भएको थियो आयशा र क्रिकेटर शिखर धवनको प्रेम कहानी

यसरी सुरु भएको थियो आयशा र क्रिकेटर शिखर धवनको प्रेम कहानी

काठमाडौंः भनिन्छ, एक अर्कामा मायाप्रेम बस्न कुनै निश्चित उमेर हुँदैन । प्रेम जतिबेला र जोसुकैसँग हुन सक्छ। प्रेम दुई मुटुको मेल हो । यसका लागि नत कुनै समय कुर्नुपर्छ, न त अवसर नै । तर प्रेम व्यक्त गर्नका लागि भने प्रेमजोडीहरुले ‘भ्यालेन्टाइन डे’ लाई खास मान्ने गरेका छन् । 

यसै सन्दर्भमा आज क्रिकेट जगतका एक यस्ता स्टारको बारेमा कुरा गर्न जाँदैछौं । जसको प्रेम कहानी पनि कुनै रोमान्चक खेल भन्दा कम छैन् । भारतीय क्रिकेट टीमका ओपनर शिखर धवन र उनकी पत्नी आयशा धवनको प्रेम कहानी पनि निकै रोमाञ्चक छ । 

हुन त दुईको विवाह भएको पनि ८ बर्ष पूरा भैसक्यो । तर, पनि उनीहरुको प्रेम कहानी अझैसम्म ताजा नै छ । यस्तो छ यी दुईको प्रेम कहानीः 

एकदिन शिखर धवन र स्पिनर हरभजन सिंह फेसबुक चलाउँदै थिए । त्यसैबेला हरभजनले प्रोफाइलमा एउटा फोटो देखे । धवनले एकटकले फोटो हेरिरहे । र, पछि रिक्वेस्ट पठाए । उनले विश्वास गरेका थिएनन् कि अष्ट्रेलियाली बक्सर आयशाले उनले पठाएको रिक्वेस्टलाई स्वीकार गर्ने छिन्। 

आयशाको रिक्वेस्ट स्वीकार पछि बिस्तारै शिखर र आयसाबीचको कुरा बढ्दै गयो । दिनहूँ जसो कुरा हुँदै गर्दा यी दुई कतिबेला प्रेममा परे थाहै भएन । आयशा शिखरभन्दा १० बर्ष जेठी हुन् । उनीसँग विवाह गर्नुपूर्व आयसा २ सन्तानकी आमा पनि हुन् । यति जान्दा जान्दै पनि धवनले उनलाई विवाहको प्रस्ताव राखेका थिए । 

धवनको प्रस्तावलाई आयशाले सहजै स्वीकार गरिन् । र, अन्ततः दुबैको विवाह भयो । सुरुमा पारिवारिक असहमति भएपनि पछि दुवैको परिवारले विवाहका लागि अनुमति दिए । 

आयशा मुखर्जी र शिखर धवनले सन् २००९ मा इन्गेजमेन्ट गरे । सन् २०१२ को ३० अक्टूबरमा यो जोडीले विवाह गरे । आयशाको पहिलो बिवाह एक व्यापारीसँग भएको थियो । जसका तर्फबाट उनका २ सन्तान रिया र अलियाह छन् ।शिखरसँग विवाह गरेपछि सन् २०१४ मा आयशाले एक छोरालाई जन्म दिइन् । जसको नाम हो जोरावर। 

धवन पत्नी आयशाको जन्म भारतमा भएको हो । कामको शिलशिलामा उनी अष्ट्रेलिया पुगेकी थिइन् । धवनसँग बिवाह हुनु पहिले आयशा एक बक्सर खेलाडी थिइन् ।

#शेखर धवन #आयशा मुखर्जी