खेल

भारतमा बन्यो विश्वकै सर्बाधिक दर्शक अट्ने क्रिकेट रंगशाला

भारतमा बन्यो विश्वकै सर्बाधिक दर्शक अट्ने क्रिकेट रंगशाला

काठमाडौंः भारतको अहमदाबामा निर्माण भइरहेको विश्वकै सर्बाधिक दर्शक क्षमताको मोटेरा क्रिकेट रंगशालाको निर्माण कार्य करिब सकिएको छ । सन् २०१५ मा भत्काएर १ लाख १० हजार दर्शक अट्ने गरी निर्माण भइरहेको यो रंगशाला केही महिना भित्र सञ्चालनमा आउँदै छ ।

यही स्थानमा रहेको पूरानो रंगशाला ५३ हजार दर्शक क्षमताको मात्र थियो । भारतीय पत्रिका दैनिक जागरणको अनलाइन संस्करणका अनुसार निर्माणाधिन मोटेरा क्रिकेट रंगशालाको उद्घाटन प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रपले संयुक्त रुपमा उद्घाटन गर्न सक्ने छन् । ट्रप २४ फेब्रुअरीमा भारत आउँदै छन् । त्यही क्रममा उनले रंगशालाको उद्घाटन गर्नसक्ने भारतीय मिडियाले लेखेका छन् । 

निर्माण भइरहेको यो रंगशाला बनाउन करिब ७ अर्ब भारतीय रुपैयाँ खर्च भएको छ । मोटेरा रंगशलामा क्रिकेटसहित फुटबल, हकी, बास्केटबल, कबड्डी, बक्सिङ लगायत खेलकुद प्रतियोगिता गर्न सकिने समाचारमा उल्लेख छ । सञ्चारमाध्यमका अनुसार निर्माण भइरहेको यो रंगशाला अप्रिल वा मेमा पहिलो म्याच हुनेछ ।  

क्रिकेट मोटेरा क्रिकेट रंगशाला