अर्थ

घट्यो सुनचाँदीको मूल्य, कतिमा कारोबार हुँदैछ ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा कारोबार हुँदैछ ?

काठमाडौँ। नेपाली बजारमा बुधबार सुनको मूल्य २ सय रुपैंयाले घटेको छ। 

मंगलबार प्रतितोला ७५ हजार ९ सय रुपैंयामा कारोबार भएको सुन आज २ सयले घटेर प्रतितोला ७५  हजार ७ सय निर्धारण गरिएको गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि घटेको छ। मंगलबार ७५ हजार ६ सय प्रतितोलामा कारोबार भएको तेजाबी सुन आज ७५ हजार ४ सय पुगेको छ। 

त्यसैगरी चाँदी आज प्रतितोला ८ सय ७५ रुपैंयामा करोबार भईरहेको महासंघले जनाएको छ। 

 

नेपाल सुनचाँदी व्यवसायी महासंघ