मनोरञ्जन

३ देशका लागि ५१ लाखमा बिक्री भयो 'प्रेम गीत ३' को विदेश राइट

३ देशका लागि ५१ लाखमा बिक्री भयो 'प्रेम गीत ३' को विदेश राइट

काठमाडौँ। आसुशेन फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘प्रेमगीत ३’ को क्यानाडा, मेक्सिको र अमेरिकाको लागि प्रदर्शन अधिकार बेचिएको छ ।

चलचित्रका निर्माता सन्तोष सेनको अनुसार ४५ हजार अमेरिकी डलर अर्थात् (करिब ५१ लाख नेपाली रुपैया) मा उक्त अधिकार बेचिएको हो । चलचित्रको उक्त अधिकार ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठले किनेका हुन्।  

चैत २८ गतेबाट रिलिज हुने बहुप्रतिक्षित चलचित्रलाई निर्माता सेन र छेतेन गुरुङ मिलेर निर्देशन गरेका हुन् । चलचित्रमा प्रदीप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ ।

राजेश श्रेष्ठले छायांकन गरेको फिल्ममा हिमाल केसीको द्वन्द, कल्याण सिंह र एलिश कार्कीको संगीत, बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, छेतेन गुरुङ र मन्दिप गौतमको लेखन रहेको छ ।

 

प्रेम गीत ३ विदेश राइट
ADVERTISEMENT