मनोरञ्जन

नेहा-आदित्यको बिहेको ४ दिन अघि उदित नारायणले गरे यस्तो खुलासा

नेहा-आदित्यको बिहेको ४ दिन अघि उदित नारायणले गरे यस्तो खुलासा

एजेन्सी। भारतीय गायन रियालिटी शो इन्डियन आइडल सधैं चर्चामा रहन्छ । यसपटक भने कार्यक्रममा आदित्य नारायण र नेहा कक्कडको सम्बन्धका कारण यो शो झनै चर्चित बनेको छ। दुबैको भ्यालेन्टाइन्स डेमा विवाह हुने खबर पनि केहि समय अघिदेखि सार्वजनिक भएको थियो ।

इन्डियन आइडलमाथि टिआरपी बटुल्नका लागि यस्तो गरिएको आरोप लागेको थियो । यो कुरा वास्तविक हो जस्तो बुझिएको छ किनभने आदित्यका पिता उदित नारायणले यसलाई अफवाहको संज्ञा दिएका छन् । एक भारतीय संचारमाध्यमसँगको कुराकानीमा उदित नारायणले भनेका छन्, ‘आदित्य हाम्रो एक्लो छोरा हो । हामी उनको विवाहको प्रतिक्षा गरिरहेका छौं । यदि विवाहको अफवाह साँचो हुँदो हो त हामी संसारकै भाग्यमानी आमा–बुवा हुने थियौं । तर आदित्यले हामीमाझ यसबारे खुलेर कुरा गरेका छैनन्। 

उदितले थपे, ‘मलाई लाग्छ नेहा कक्कड र आदित्यको विवाहको अफवाह टिआरपीका लागि उडाइएको हो । यहाँ नेहा निर्णायक छिन् भने मेरो छोरा उद्घोषक हुन् ।’आदित्य नारायणले नेहा कक्कडसँगको विवाहका लागि च्यानलमा सहमती जनाएका थिए । आदित्यले फेब्रुअरी १४ मा कार्यक्रममा नै विवाह गर्ने बताएका थिए । च्यानलले यी दुईको विवाहको कार्डसमेत छापेको थियो ।

आदित्यलाई कार्यक्रममा थुप्रै पटक नेहासँग फ्लर्ट गरिएको देख्न सकिन्छ । आदित्यका पिता उदित नारायण कार्यक्रममा आउँदा नेहाको तारिफ गर्दै उनलाई घरको बुहारी बनाउने इच्छा व्यक्त गरेपछि यस्तो अफवाह थप फैलिएको हो ।

मिडिया रिपोर्टका अनुुसार यी दुईले चाँडै नै ब्याचलर पार्टी पनि गर्न सक्छन् । उक्त पार्टी इन्डियन आइडल ११ को सेटमा हुने र अबको विकेन्ड एपिसोडमा देखाइने खबरमा उल्लेख छ ।

नेहा कक्कर अदित्यनारायण झा
ADVERTISEMENT