मुख्य समाचार

नेपाल प्रवेश गर्‍यो पश्चिमी निम्न चापीय प्रणाली, कस्तो रहला आजको मौसम?

नेपाल प्रवेश गर्‍यो पश्चिमी निम्न चापीय प्रणाली, कस्तो रहला आजको मौसम?

काठमाडौंः आज बिहानै नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी निम्न चापीय प्रणाली प्रवेश गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले अहिले पश्चिम र मध्य क्षेत्रका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यसम्म बदली गराएको महाशाखका मौसमविद् समीर श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार यो कमजोर खालको प्रणाली भएकाले मौमस बदली देशभर नै गराए पनि पानी भने पश्चिम र मध्य क्षेत्रका पहाडी क्षेत्रमा मात्र पर्ने सम्भावना छ ।

‘यो कमजोर खालको प्रणाली हो र यो आज एकदिन मात्र रहनेछ,’ मौमसविद् श्रेष्ठले  भने, यसले पश्चिम र मध्य क्षेत्रका केही स्थानमा दिउँसो हल्का वर्षा गराउने देखिन्छ। पश्चिमका एक÷दुई स्थानमा भने राति पनि हल्का वर्षा हुने सम्भावना छ।’

साथै पश्चिम र मध्ये क्षेत्रकै उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना पनि रहेको उनले जानकारी दिए।

मौसम पूर्वानुमान महाशाखा मौसम पश्चिमी क्षेत्र निम्न चापीय प्रणाली