विचित्र विश्व

वैज्ञानिकले भेटे खाना नखाई बर्षौंसम्म बाँच्न सक्ने दुर्लभ जीव

वैज्ञानिकले भेटे खाना नखाई बर्षौंसम्म बाँच्न सक्ने दुर्लभ जीव

एजेन्सी। दक्षिण पूर्व युरोपको देश बोस्निाया र हर्जेगोविनामा पानीभित्र भएका ५ गुफामध्ये एकमा एक दुर्लभ स्यालामेन्डर स्थानीय नाम बेबी ड्र्यागन भेटिएको छ । यो पछिल्लो २ हजार ५ सय ६९ दिन ९७ वर्ष भन्दा बढी समयदेखि हल्लिएको पनि छैन ।

वैज्ञानिकले लामो समयसम्म निगारानी गरेपछि उक्त जीव ओल्म्स (प्रोटियस एग्निस) नामको उभयचर स्यालामेन्डर भएको पत्ता लागेको छ । आँखा नदेख्ने उक्त जीवले आफ्नो सय वर्ष पानीभित्रै बिताउने बताइएको छ ।

यो जीव स्लोवेनियादेखि क्रोएशियाजस्ता देशमा पनि पाइन्छ । ओल्म्सले करिब १२।५ वर्षमा एकपटक सम्भोगका लागि मात्रै आफ्नो स्थान परिवर्तन गर्ने वैज्ञानिकले बताएका छन् । गुफा जीवनको अध्ययन गर्ने जीव वैज्ञानिकका लागि यो राम्रो खबर हो किनभने क्रोएशियामा सात हजार बढी यस्ता दुर्गम गुफा छन् जुन मानिसको पहुँचभन्दा टाढा छ ।

यहाँ स्यालामेन्डरको शरीरको अंश डीएनए र इडीएनए पानीमा घोलिएपछि बाहिर आएको हो । स्यालामेन्डरमा जुन गुफामा रहन्छ, त्यहा सजिलैसँग खाना मिल्दैन। यो जीव केहि नखाईकन पनि धेरै समयसम्म जिवितै रहन सक्छ। यसले सम्भव भएसम्म सानातिना किरा, माकुरा जस्ता जीवहरुई खाने गर्छ।  

 

स्यालामेन्डर