समाचार अन्तरवार्ता व्यापार भिडियो अर्थ रोजगार

चीनको वदमासीः ३ सय कन्टेनर आउने नाकामा ३ वटा कन्टेनर मात्रै जाँचपास [भिडियो अन्तरवार्ता]

चीनको वदमासीः ३ सय कन्टेनर आउने नाकामा ३ वटा कन्टेनर मात्रै जाँचपास [भिडियो अन्तरवार्ता]

०७२ सालको भूकम्पपछि चीनसँगको एक मात्र ब्यापारीक नाका ‘तातोपानी भन्सार’ वन्द भयो। भुकम्पले भत्काएका संरचना वनाउन समय लागेको तथा चीन र नेपाल दुवैतर्फ जमिन भासिएकाले लामो समयसम्म तातोपानी भन्सार सञ्चालन हुन सकेन ।

संरचना तयार र वातावरण सहज वन्दै गएपछि लोसार पर्व र ०७६ सालको पुषदेखि कोरोना संक्रमणका कारण चीनर्फवाटै तातोपानी भन्सार वन्द गरियो। अनेक प्रयासपछि भन्सार सुचारु त भयो तर, हालसम्म पनि पुर्ण क्षमतामा सामान–आयात निर्यात हुन सकेको छैन ।

तातोपानी भन्सार कार्यालयमा हाल एक सय कन्टेनर जाँचपास र ३ सय कन्टेनर स्टकमा राख्न सक्ने क्षमता छ । तर, अहिले दिनमा २/३ वटा कन्टेनर मात्रै आउने गरको प्रमुख भन्सार अधिकृत लालवहादुर खत्री वताउँछन् । चीनतर्फवाट सामान नै नपठाउँदा भन्सार कार्यालयका कर्मचारी घाम तापेर वस्नु परेको छ । ब्यापार अवरोधका कारण नेपाली ब्यापार÷ब्यवसाय प्रभावित छ। ब्यापार घाटा वढेपछि ब्यापारीहरु आत्महत्या गर्न वाध्य हुन थालेका छन् ।

तातोपानी भन्सार कार्यालय रहेको भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलेका अनुसार नाकामा देखिएको समस्याका कारण चौतर्फी असरहरु देखिएको छ । ‘दिनमा २/४ गाडी सामान आईरहेको छ, त्यसमा पनि कच्चा पदार्थलाई पहिलो प्राथमिक्तामा राखिएको छ’ उनी भन्छन–‘दशौं महिनासम्म खासा, नेलम, सिगात्सेमा अड्केको सामान अहिले भखर नाकामा आईरकेका छन। ब्यापारी/ब्यवसायीहरु गर या मर भन्ने अवस्थामा छन्।’

धेरै ब्यवसायीले ऋण लिएर ब्यापार सुरु गरेकाले उनीहरु सवै भन्दा वढि तनावमा रहेको पौडेल वताउँछन् । ‘लगानी डुब्ने अवस्था छ, तिर्न सक्ने अवस्था छैन। केहि ब्यवसायीले आत्महत्या गरेको पनि सुनियो । धेरै रोईरहेका छन् ।’ यो समस्या गाउँपालिका स्तरवाट समाधान गर्न नसकिने भएकाले राज्य स्तरवाटै कुटनीतिक पहल गर्नु पर्ने उनको सुझाव छ। 

तातोपानी नाकासँग आश्रीत झण्डै २ हजार कन्टेनर अहिले थन्किएर वसेको र तिनका संचालनक वैंकको किस्ता र ब्जाय तिर्न नसकेर रुनु न हाँस्नुको अवस्थामा रहेको पौडेलले जानकारी दिए । ‘किस्ता तिर्न र वालवच्चा पढाउन मात्र होईन, घर चलाउन पनि समस्या छ। उनीहरु हात उठाएर वसेका छन्। कतिको गाडि नै वैंकले तानेको अवस्था छ’ उनले भने–‘धान्नै नसक्ने अवस्था आएपछि कति जना ब्यवसायी विस्थापित भएका छ । कतिपय ब्यापारी १० महिनाअघि हालेको सामान कुरेर वसेका छन् ।’

पौडेलका अनुसार तातोपानी नाका रहेको भोटेकोशी गाउँपालिका भौगोलिक हिसावले अति नै विकट क्षेत्र हो । यहाँ खेतीपाती नहुँदा स्थानीयवासी पर्यटन ब्यवसायलाई नै मुख्य पेशा वनाएर वसेका थिए । तर, नाकामै समस्या भएपछि हातमुख जोड्न पनि समस्या भएको पौडेल वताउँछन् ।

‘यहाँको आय आर्जन भनेकै तातोपानी भन्सारसँग निर्भर छ । पहाडि भुभाग भएकाले वर्षभरी खान पुग्ने गरी उब्जनी हुँदैन’ उनी भन्छन्–‘०७२ सालको भुकम्पपछि तातोपानी नाका पुर्ण रुपमा वन्द छ । नाका वन्द हुँदा स्थानीयको रोजिरोटी पनि वन्द छ। युवाहरु विदेश पलायन भईरहेका छन्। यस विषयमा सम्वन्धित निकायमा छलफल र पहल भईरहेपनि खासै प्रगति हुन सकेको छैन।’– पौडेल भन्छन्।
 
नाकावन्दीका कारण पर्यटन क्षेत्र, होटल÷लज ब्यवसाय तथा पसलसमेत वन्द भएका छन् । यसलाई सुधार गर्न तातोपानी नाकालाई यथासम्भव पहिलेकै अवस्थामा सञ्चालन गर्नुको विकल्प नरहेको पौडेलको वुझाई छ । ‘तातोपानी नाकावाट नेपाल भरी नै सामान ओसार–पसार हुन्थ्यो। स्थानीयले पनि रोजगारी पाएका थिए । कतिपय नेपालीहरु ल्हासामा गएर पनि रोजगारी गर्थे’ उनले थपे–‘नाकामा समस्य भएसँगै पर्यटक आउन वन्द भए। होटल/लज र पसलहरु प्राय वन्द छन् । त्यसपछि स्थानीयको रोजगारी पनि वन्द भएको छ।’

कोरोना संक्रमण सुरु भएपछि दुई देशको सरकारी स्तरमै भएको सहमति अनुसार हाल नाका सञ्चालनमा रहेको जानकारी दिएका पौडेलले अहिले अवस्थालाई सुधार गरी गाडि थप गर्ने विषयमा छलफल भईरहेको वताए । ‘सरकारकै विचमा भएको सहमति अनुसार नाका खुलेको हो’ उनले भने–‘तातोपानी नाका पुर्ण रुपमा संचालन हुनु पर्यो भनेर हामिले नेपाल स्थित चीनियाँ राजदुत, परराष्ट्रमपन्त्री लगायतलाई भेटेर कुरा गरेका छौ । तर, खुलेको छ भन्ने मात्रै अवस्था छ ।’

नाकामा परेको असरले भोटेकोशी गाउँपालिकालाई ठुलो असर परेकाले त्यसको विकल्पका लागि पनि काम भईरहेको गाउँपालिकाले जनाएको छ । ‘गाउँपालिकाले नयाँ पर्यटकिय स्थलहरुको पहिचान गरिरहेको छ। भैरवकुण्ड, देउढुङ्गा, लिष्टिमाई, थापिनारायण, तातोपानी धारा र तातोपानी नाकालाई जोडेर पर्यटकिय क्षेत्र वनाउन विशेष योजना वनाईरहेका छौं’ पौडेलले भने–‘होमस्टे, कोसेली घर, अरनिको हाउस लगायतका पर्यटकिय आकर्षणहरु तयार गरिरहेका छौं । तर, मानसरोर जाने पर्यटक नचल्दा अहिले चै होटल ब्यवसायी एकदमै मारमा परेका छन् ।’

स्थानीयहरुलाई कृषि पेशामा आवद्ध गर्ने, निर्माण कार्यमा रोजगारी सृजना गर्ने, तथा केहिलाई पर्यटकिय क्षेत्रमा संलग्न गराउने गरी गाउँपालिकाले योजनाहरु वनाईरहेको पौडेलले जानकारी दिए । ‘हामीले अहिले नै ५ सय २५ लाई निर्माण क्षेत्रमा रोजगारी दिएका छौं’ उनले भने–‘यसैगरी, नगदे वालीमा आत्मनिर्भर वनाउन पनि प्रयासहरु भईरहेका छन्।’


चीनको अघोषित नाकावन्दीका कारण उत्पन्न समस्या र समाधानका लागि भईरहेका पहलका विषयमा भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलसँग नेपाल आजले गरेको विशेष कुराकानी हेर्न तलको भिडियोमा क्लिक गर्नुहोला।

यो पनि

नेपालीसँगको सम्वन्ध छुटाउँन चीनले खासाको वस्ती नै उठायो

चीनियाँ नाकामा सास्तीः चिनियाँहरुलाई घुस नदिए सामान पठाउँदैनन्

चीनको अघोषित नाकावन्दीका कारण तातोपानी नाका सुनसान, सामान आयात निर्यातमा अवरोध

‘चाईना नाकावन्दी’को असर : रसुवामा सर्वसाधारणको विचल्ली, ६ सय श्रमिक विस्थापित

एमसिसी मार्फत अमेरिकी प्रभाव बढ्ने देखेपछि नेपालमा चिनियाँ नाकाबन्दी

 

विशेष