समाचार अर्थ बैंकिङ

महालक्ष्मी बैंकको कर्जा प्रवाहमा अनियमितता, तीन जना पक्राउ

महालक्ष्मी बैंकको कर्जा प्रवाहमा अनियमितता, तीन जना पक्राउ

महालक्ष्मी विकास बैंकको कर्जा प्रवाहमा भएको अनियमितता प्रकरणमा अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले तीन जना ऋणीलाई पक्राउ गरेको छ।

कर्मचारीकै मिलोमतोमा थोरै धरौटी राखेर धेरै रकम निकालिएको पाईएपछि अनुसन्धान सुरु गरिएको सिआवीले जनाएको छ । ललितपुरको कुमारीपाटीस्थित बैंकमा थोरै सुन धितो राखी बढी ऋण प्रवाह भएको पाइएको ब्युरोका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले बताए।

करिव ७ करोडको अनियमितता प्रकरणमा १० जना भन्दा वढीको नाममा जारी रहेको वताईएको छ । उक्त प्रकरणको अनुसन्धानका लागि राष्ट्र बैंकले सिआइबीलाई चिठी लेखेको थियो। 

विशेष