समाचार भिडियो राजनीति

पुर्व एमालेका नेतालाई झै प्रचण्डलाई पनि कँज्याएर राख्न खोज्नु ओलीको गल्ती : नारायण दाहाल [भिडियो अन्तरवार्ता]

पुर्व एमालेका नेतालाई झै प्रचण्डलाई पनि कँज्याएर राख्न खोज्नु ओलीको गल्ती : नारायण दाहाल [भिडियो अन्तरवार्ता]

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वाग्मती प्रदेश कमिटी अध्यक्ष नारायण दाहालले अध्यक्ष केपी शर्मा ओलीको घमण्ड, दम्भ र अहमताले पार्टीमा विवाद उत्पन्न भएको वताएका छन् ।

नेकपामा देखिएको विवाद र वर्तमान राजनीतिक अवस्थाका विषयमा नेपाल आजसँगको विशेष कुराकानीमा दाहालले यस्तो वताएका हुन् । ओलीले पुर्व एमालेका नेता/कार्यकर्तालाई झै पुस्पकमल दाहाल प्रचण्डलाई पनि जकड्याएर राख्न खोजेको र त्यो पुरा नभएपछि अहिलेको अवस्था आएको दाहालको विश्लेषण छ। ‘वहाले धम्क्याएर, थर्काएर, अख्तियार लगाई दिन्छु भनेर र मुद्दा लगाई दिन्छु भनेर पुर्व एमालेका सवै नेताहरुलाई कावुमा राख्नु भएको रहेछ’ उनले भने–‘त्यहि शैली प्रचण्डमाथि लागु गर्न खोज्नु भो, तर सफल भएन ।’


प्रचण्डका भाईसमेत रहेका दाहालले अहिले पार्टी भित्र विचारको ठुलो लडाई भएको वताए । ‘पार्टी एकताको करिव साढे २ वर्ष पुग्यो। यस विचमा विभिन्न उतार–चढाव आए। गत वैशाखमा देखिएको अन्तरविरोध भदौ २६ गतेको स्थायी कमिटिले केहि साम्य पार्न खोजको थियो । तर, निर्णय कार्यान्वयनमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीवाट समस्या देखियो’ उनले भने–‘देशको राष्ट्रियता, पार्टीको राजनितिक कार्यदिशा, पार्टीका योजना, कार्यक्रम, पार्टीको लक्ष्य र जनताप्रतिको उत्तरदायित्वको सन्दर्भमा पार्टी दिन प्रतिदिन जनताको विचमा अलोकप्रिय हुने, जनताका भावना र आकाक्षां कुन्ठित हुने, जनता असन्तुष्ट हुने देखिएपछि अव यसरी चल्दैन भन्ने अवस्था आएको हो ।’

पार्टी असफल हुदै जाने तर, प्रधानमन्त्री पार्टी कमिटीका वैठकमै नआउने, निर्णय पनि मान्दिन भन्ने, कहिले–कहिले देखा परेजस्तो गर्ने तर विषय वस्तुको गम्भिर्यताका विषयमा छलफल गर्ने क्रममा वैठकमा भाग नलिने, छलफल नगर्ने, तपाईहरु गर्नोस पनि नभन्ने, पार्टीले गरेका निर्णय पनि मान्दिन भन्ने जुन खालको स्थिती वनेपछि आर्टीले गति लिन नसकेको दाहालले सुनाए । ‘यो अवस्थामा पार्टीलाई गति दिन सकिन्न भन्ने भएपछि प्रचण्डले एउटा लिखित दस्तावेज सचिवालयमा पेश गर्नु भयो ।

सचिवालयका ९ मध्ये ५ जना सदस्यको संयुक्त दस्तोज हो त्यो। त्यँहावाट विवाद अझै सतहमा आयो’ दाहालले थपे–‘तेहि विवादका विषयमा अहिले छलफल भईरहेको छ । भेटघाट छलफल थोरै भईरहेका छन् । ओली निकटका शंकर पोखरेल, सुवास नेम्वाङ्गलगायतका केहि नेताहरु आउने, भेट्ने गरिरहनु भएको छ।’ तर, अव वस्ने स्थायी कमिटी वैठकमा ब्यापक रुपमा छलफल हुने र वैठकको निस्कर्ष र निर्णय अनुसार पार्टी अगाडि वढ्ने उनले वताए ।

‘पार्टी सहमतिय हिसावमा चल्ने भनिएको छ, सहमति गर्न नसक्नु प्रचण्डको पनि कमजोरी हो भन्छन् नी ?’ भन्ने प्रश्नमा दाहालले भने–‘सहमति भन्ने कुरा जहाँवाट तोडिएको छ, उसैले वढि सहमतिको कुरा गर्नुको कुनै तुक छैन । सहमती भएका विषय त कार्यान्वय गरिदिनु पर्यो नी।’

पार्टी एकता गर्दा सरकार र पार्टी दुवै ठाउँमा आलो–पालो गर्ने सहमति भएपनि त्यो सहमति पनि कार्यान्वयन भएको उनले उदाहरण दिए । ‘वैठकको अध्यक्षता पालो–पालो गर्ने र साढे दुई वर्ष पुगेपछि प्रधानमन्त्रीसहित सरकार परिवर्तन हुने, सवै काम पार्टीको सल्लाह सुझाव र शिर्ष नेताको विचमा सहमति कायम गरेर गर्ने भनिएको हो नी’ उनले थपे–‘त्यो सहमति कहाँवाट तोडियो?’

अर्कोतर्फ, सहमति हुन नसकेका विषयमा पार्टीको विधान नै प्रमुख हुने र विधानको ६४ नं. धारामा कुनै विषयमा आमसहमति वनेन भन्ने संगठनात्मक प्रणालीवाट कार्यान्वयन गरेर जाने भन्ने स्पष्ट ब्यवस्था भएकाले अल्पमत/वहुमतवाटै विषयलाई टुङ्गोमा पुर्याउनु पर्ने उनको तर्क छ । ‘सहमति गर्ने हो भने त सवैले सहमति गरेरै जानु पर्यो नी। एउटाले चै जे–जे भन्छ त्यो मान्दिए सहमति हुने नत्र नहुने हुन्छ?’ उनले प्रश्न गरे–‘यो दस्तावेजमा छलफल गरेर जाउँ भनेर सहमति गरे भईगयो नी अव । पार्टीले गरेको वहुमतको निर्णयलाई सहमति गरेर जाँदा नहुने ?’


अध्यक्ष ओलीले पटक पटक सहमति तोड्ने, पार्टीका निर्णय नमान्ने र आफै सर्वोपरी भन्दै हिड्ने ढिट प्रवृत्तिका कारण समस्या आएको उनको भनाई छ । ‘पार्टी एकता गर्ने समयमा दुई अध्यक्ष समान हुन भनेर सहमति भएको हो । तर, उहाँले सधैभरी आफुलाई एक नम्वरको अध्यक्ष र प्रचण्डलाई २ नम्वरको अध्यक्ष भनेर सार्वजनिक ठाउँमा वेलेर हिड्नु भयो । त्यति मात्र होईन, गत वर्ष मंसिर ४ गते पार्टीका सवै काम प्रचण्डले गर्ने र ओली सेरमोनियल भएर वस्ने भन्ने सहमति भयो । तर, दुई दिनपछि ‘मुख्य अध्यक्ष त मै हो’ भन्दै वहाले सहमति तोड्नु भो’ दाहालले थपे–‘त्यसपछि माघको १६ देखि १९ गतेसम्म भएको केन्द्रिय समितिको वैठकमा त्यहि कुरा निर्णय भयो । त्यसपपछि पनि त्यो निर्णय तोडनु भयो ।’ 

ओलीमा सरकारले चाहे अनुसार पार्टी चल्नु पर्छ भन्ने भावनाको विकास भएको उनको वुझाई छ । ‘म नभएको भए नत पार्टी एकता हुन्थ्यो, नत वहुमतको सरकार वन्थ्यो भन्ने वहाँलाई परेको छ। त्यसमाथि ‘मँ त जनताले चुनेको प्रधानमन्त्री पो हो त’ भन्दै हिड्नु हुन्छ’ दाहाल भन्छन्–‘सवै सांसद एउटा–एउटा क्षेत्रवाट चुनिएर आएका छन् । सवैको हैसियत वरावर हो।  संसदिय दलले प्रधानमन्त्री वनाउने हो । यो सवै हेर्दा कहिँ न कहिँ वहाको वुझाईमै समस्या छ भन्ने लाग्छ।’

ओलीले अन्य नेतालाई झै प्रचण्डलाई पनि धम्क्याउने, घुक्र्याउने र विभिन्न वहानामा कावुमा राख्न खोजेको दाहालले जानकारी दिए । ‘म पार्टीको महाधिवेशनवाट चुनिएर आएको मान्छे हो, कस्ले हटाउन सक्छ ? भन्नु हुन्छ। एमाले/माओवादी विघटन भइसके। वहाँलाई दुई वटा पार्टीका ४४३ जना संयुक्त केन्द्रिय कमिटीले अध्यक्ष वनाएको हो । अनि कुन महाधिवेशनको कुरा गर्नु भएको हो ?’ उनको प्रश्न छ–‘पार्टीको अहिलेको उच्चतम निकाय भनेको केन्द्रिय कमिटि हो । नहुने कुरा गरेर हुन्छ ?’


१० वर्ष जनयुद्ध हाँकेर, राजासँग पौठेजोरी खेलेर, सिंगो कम्युनिष्ट आन्दोलन हाँकेर, १ लाख जनमुक्ती सेनाको कमाण्डर गरेर र गणतन्त्र, संघियता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता सहितको ०६४ मा सवैभन्दा ठुलो पार्टीको नेता अनि प्रधानमन्त्री भएको ब्यक्तिलाई हिजोकै अल्लारे केटो झै ब्यवहार गर्नु नै गलत भएको दाहालले वताए । ‘देश/विदेशमा आफनो क्षमता प्रदर्शन गरेर आएको मान्छे हो प्रचण्ड। वहाले यसलाई पनि त्यसैगरी तह लगाउँछु भनेर सोच्नु नै गलत भयो’– उनले भने।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वाग्मती प्रदेश कमिटी अध्यक्ष नारायण दाहालसँग नेपाल आजले गरेको विशेष कुराकानी हेर्न तलको लिंकमा क्लिक गर्नुहोला।

विशेष

ADVERTISEMENT