समाचार अपराध सुरक्षा

१६ लाख वोकेर कुन योजनामा हिडेका थिए यि भारतीय नागरिक

१६ लाख वोकेर कुन योजनामा हिडेका थिए यि भारतीय नागरिक

स्रोत नखुलेको १६ लाख रुपैयाँसहित सोमवार एक भारतीय नागरिक विरगञ्जवाट पक्राउ परेका छन् ।

वीरगन्ज महानगरपालिका ७ माईस्थान अगाडिबाट भारतको विहार स्थित रक्सौलका निवासी कृष्णकुमार जैन पक्राउ परेका हुन्। ना ६४ प ९०५६ नम्बरको मोटरसाइकल र १६ लाख रूपैयाँसहित उनलाई प्रहरीले पक्राउ गरेको डिएसपी मनोजित कुँवरले जानकारी दिए ।

अवैध वित्तीय कारोबार (हुण्डी) भइरहेको भन्ने जानकारी आएपछि खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको कुँवरको भनाई छ ।

बैंक तथा वित्तीय ऐन सम्बन्धी कसुरमा म्याद थप गरी उनको वारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।