समाचार भिडियो अर्थ

राजश्व छलिका पुराना फाईल खोल्दैछौं, कसैलाई छोडिन्नः महानिर्देशक मैनाली [भिडियो अन्तरवार्ता]

राजश्व छलिका पुराना फाईल खोल्दैछौं, कसैलाई छोडिन्नः महानिर्देशक मैनाली [भिडियो अन्तरवार्ता]

राजश्व अनुसन्धान विभागले पुराना भएर रहेका ४ आर्थिक वर्षका फाईल खोलेर राजश्व छलिको अनुसन्धान सुरु गरेको खुलेको छ। आव ०७१/०७२ देखि ०७४/०७५ सम्मका राजश्व छलिका घट्नालाई विशेष प्राथमिक्तामा राखेको पाईएको छ। 

आव ०७१/०७२ देखि ०७४/०७५ सम्मको अवधिमा राजश्व छलिका घट्ना वढि भएको पाईएपछि त्यसैमा केन्द्रित भएर अनुसन्धान तथा छानविन भईरहेको विभागका महानिर्देशक दिर्घराज मैनालीले जानकारी दिए । ‘वर्तमान अवस्थाका केसहरु पनि केहि–केहि छन्, तर हामी अहिले पुराना केसहरुमा केन्द्रित छौं’ मैनालीले भने–‘त्यहि अवधिमा राजश्व छलिका घट्ना वढि पाईएका भएर यसो गरिएको हो ।’

राजश्व अनुसन्धान विभाग अर्थमन्त्रालयवाट प्रधानमन्त्री कार्यालय अन्तर्गत गएको २ वर्ष ४ महिनाको अवधिमा राजश्व चुहावट तथा विदेशी विनीमय अपचलनमा संलग्न ११ सय मान्छेलाई मुद्दा चलाईएको र ३० अर्वभन्दा वढिको दावी गरिएको उनले वताए ।

भन्सार चोरी पैठारी, अन्तशुल्क छली, नक्कली विल वनाएर कारोवार, लुकाईछिपाई समान ओसार–पसारलगायतका काम गर्ने ब्यक्ति विरुद्ध दर्ता भएको मुद्दामा केहिलाई धरौटी माग भएको र केहिलाई पुर्पक्षमा पठाईएको उनले जानकारी दिए । उनले भने–‘हामीले कानुन वमोजिम र प्रमाणका आधारमा मुद्दा लाने हो। छलिएको राजश्व प्राप्त होस र त्यस्तो प्रवृत्ती निरुत्साहित होस भन्ने नै हाम्रो मुल उदेश्य हुन्छ।’

विभागको यहि सिद्धान्तका कारण अहिले असल कारोवार गर्ने वा कानुन वमोजिम कारोवार गर्नेहरु ढुक्कले काम गरीरहेको र गलत प्रवत्तिको कारोवार विभागको निगरानीमा रहेको उनले दावी गरे । ‘छदमभेसी र गलत काम गर्नेहरुमाथि हाम्रो निगरानी छ। प्रमाण जुटाएर उनीहरु विरुद्ध मुद्दा दर्ता हुन्छ’– उनले भने।

यसअघिका पुराना विभिन्न घट्नामा नक्कली भ्याटविल प्रयोग गरी ६ अर्व वरावरको राजश्व छलि गरेको विषयमा पनि राजश्व अनुसन्धान विभागले मुद्दा दर्ता गरेको उनले प्रष्ट पारे । ‘विभागले त्यतिलेलाको नक्कली भ्याटविल प्रकरणमा करिव ६ अर्वभन्दा वढि कर निर्धिारण गरेका थियो’ उनले भने–‘ति केसहरु विभिन्न चरणमा सर्वोच्चमा पुगेका थिए । केहि केसमा राज्यको पक्षमा फैसला पनि भएको छ।’ छलि गरेको भ्याटको दण्डजरीवाना तिर्नु पर्ने गरी अदालतले फैसला गरेको वताएका उनले कतिपय असुल भईसकेको र कतिपय असुलीको चरणमै रहेको जानकारी दिए ।

१५ अर्वको विल गलत ढंगले प्रयोग गरेकोमा मुद्दा
गलत तरिकाले विल प्रयोग गर्ने प्रवृत्ति पछिल्लो अवधिमा पनि देखिएको मैनालीले वताए । करिव १५ अरवभन्दा वढिका विल विजक गलत ढंगले प्रयोग गरेको पाईएकाले त्यस विषयमा अनुसन्धान भईरहेको उनको भनाई छ । ‘हामीले संयुक्त मुद्दा दर्ता गराएका छौं। यस्ता केसहरुमा कुनै सम्झौता हुँदैन। अनुसन्धान हुदैछ, दोसीलाई कारवाही हुन्छ’– उनले भने।

आफु र देशको समृद्धि तथा उन्नतीका लागि काम गर्ने हो भने दिगो ढंगले काम गर्नु नै उत्तम हुने उनले वताए । ‘गलत ढंगले काम गरियो भने ५/७ वर्षपछि पनि कैद वा जरिवाना हुन्छ’ उनले भने–‘आर्थिक अवस्था पनि क्षत विक्षत हुन्छ। त्यस्तो पीडादायी काम किन गर्ने ?’


साना ब्यापारीलाई थ्रेटिङ्ग, ठुलासँग सेटिङ्ग
विभागले अनुसन्धानका नाममा साना ब्यापारीलाई दुःख दिने तर ठुला ब्यापारीसँग सेटिङ्ग गर्ने गरेको आरोप भने मैनालीले पुर्ण अस्विकार गरेका छन् ।

२ अरव विगो जरिवाना दावी गर्दै मल्टिनेसनल कंपनी विरुद्ध पनि मुद्दा चलाएको उदाहरण दिएका उनले कसुर गर्ने ठुलालाई पनि नछोडिएको दावी गरे। तर, ठुला भन्दैमा कसुर नै नगरी कारवाही गर्ने कुरामा भने विभाग सधै सचेत रहेको उनको भनाई छ।

यसैगरी, ३ सय २० केजी सुन चोरी पैठारी गरेर विक्रि गरेको विषयमा हालसालै वुटवल उच्च अदालतमा मुद्दा दायर गरिएको उनले वताए । ‘त्यो केसमा दुई जनालाई नगद र प्रमाणसहित समाएको हो । उनीहरु पुर्पक्षका लाथि थुनामा छन्, सवै सम्पत्ति रोक्का गरेर २ अरव ४० करोड वरावरको मुद्दा दर्ता गरेका छौं’ उनले भने–‘अरव अरवको मुद्दा दर्ता भएको छ। ति साना ब्यापारी होईनन्। विभागमाथिका आरोप नै गलत हुन्।’

राजश्व प्रशासनका ११ कर्मचारीलाई मुद्दा
राजश्व चुहावट, विदेशी विनीमय अपचलन तथा आर्थिक अपराध नियन्त्रण गर्ने र आर्थिक सुशासन कायम गर्ने विषयमा विभागले निर्मम तरिकाले काम गरिरहेको मैनालीले वताए । ‘इतिहाँसमा कुनै सरकारले नगरेको काम यो सरकारको पालामा भएका छन्’ उनले भने–‘आर्थिक प्रशासनका कर्मचारी समेतलाई मुद्दा चलाईएको छ।’

गलत मनसायले काम गरेको प्रमाणका आधारमा प्रमुख भन्सार अधिकृत, अफिसरसहित राजश्व प्रशासनका ११ जना कर्मचारी विरुद्ध मुद्दा चलाईएको उनले जानकारी दिए । उनले भने– ‘यि सुधारका इण्डिकेटर नै हुन। यसले कर्मचारीहरु पनि आफनो काममा जवाफदेखि र जिम्मेवार भएका छन् ।’

फ्रि एण्ड फियर अनुसन्धान
प्रधानमन्त्री कार्यालय अन्तर्गत गएपछि विभागले स्वतन्त्रतापुर्वक काम गर्न पाएको मैनालीले दावी गरे । कसैको दवाव/प्रभाव खेप्नु नपर्ने र हस्तक्षेप नहुँदा निस्पक्ष काम गर्न पाएको उनको भनाई छ। विगतको तुलनामा विभागको काम गर्ने तौरतरिकामा नै फरक आएको उनले वताए । ‘काम गर्ने तौरतरिकामा सतप्रतिशत सुधार भएको छ। फ्रि एण्ड फियर भएर काम गर्ने वातावरण छ’ उनले भने–‘यसै कारणले हामीले गम्भिर खालका ठुला–ठुला केसहरु पनि  अनुसन्धान गर्न पाएका छौ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्य सहनसिलता, आर्थिक पारदर्शीता, सदाचार पद्धतीलाई प्रवर्धन गर्न निर्देशन दिएको मैनालीले प्रष्ट पारे । ‘विभागले चाहेर मात्रै केहि गर्न सक्दैन। त्यसका लागि राजनितिक नेतृत्वको सहयोग जुरुरी छ’ उनले थपे–‘त्यसमा सरकारको सपोर्ट छ। कुनै हस्तक्षेप छैन।’

प्रमाणका आधारमा जो सुकै भएपनि छानविन गरेर प्रकृया अघि वढाउन प्रधानमन्त्रीले स्पष्ट निर्देशन दिएको मैनालीले वताए । 

राजश्व चुहावट, विदेशी विनीमय अपचलन तथा आर्थिक अपराध नियन्त्रण गर्ने तथा आर्थिक सुशासन कायम गर्ने विषयमा आजश्व अनुसन्धान विभाले गरिरहेका कामका विषयमा केन्द्रित भएर महानिर्देशक दिर्घराज मैनालीसँग नेपाल आजले गरेको विस्तृत कुराकानी हेर्न तलको भिडियोमा क्लिक गर्नुहोस।

​​​​​