समाचार

नेकपाको विवादले जसपामा खैलावैला, फुट्ला त पार्टी ?

नेकपाको विवादले जसपामा खैलावैला, फुट्ला त पार्टी ?

सत्तारुढ दल नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेका वेला भर्खरै एकीकरण भएर बनेको जसपाभित्र पनि भित्रभित्रै पार्टी विभाजनको गृहकार्य सुरू भएको छ ।

नेकपाका पछिल्ला गतिविधिले पार्टी फुट्ने सम्भावना धेरै देखिएपछि जसपाका केहि सांसदहरु प्रधानमन्त्री केपी शर्मा ओलीका नियमित सम्पर्कमा पुग्न थालेको जसपा स्रोतले जनाएको छ ।

नेकपा फुटको अवस्थामा पुगे जसपाका १० सांसद अलग पार्टी बनाएर सरकारमा जानेसम्मको तयारी भईरहेको एक नेता वताउँछन् ।

जसपाकै नेता गंगानारायण श्रेष्ठ भने पार्टी विभाजका लागि कसैले तयारी गरिरहेको विषयमा औपचारिक जानकारी नभएको बताउँछन् ।

नेकपाभित्र आन्तरिक विवाद आउँदा जसपामा पनि तरंगहरु देखिदै आएका छन् । यसअघि पनि नेकपाको विवाद हुँदा जसपामा खैलावैला भएको थियो । प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएर पार्टी फुटाउन खोजेको आरोप खेपेका थिए । 

नेकपा फुट्ने र जसपाका सांसदहरु पार्टी फुटाएर सरकारमा जान तयार भए प्रधानमन्त्रीले सोहि अध्यादेश पुनः ब्युँताउन सक्ने सम्भावना रहेको विश्लेषकहरु वताउँछन् । हाल राजनीतिक दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत पुर्याउनुपर्ने व्यवस्था छ । यसअघि  प्रधानमन्त्री ओलीले राजनीतिक दल विभाजनका लागि सहज हुने गरि अध्यादेश ल्याउने तयारी गरेका थिए ।

तर, नेकपा भित्रै तिव्र विरोध भएपछि उक्त अध्यादेश फिर्ता भएको थियो ।