समाचार विदेश

अफगानिस्तानमा आत्मघाती आक्रमणमा परी २६ सुरक्षाकर्मीको मृत्यु

अफगानिस्तानमा आत्मघाती आक्रमणमा परी २६ सुरक्षाकर्मीको मृत्यु

अफगानिस्तानको घाज्नी प्रान्तमा आइतबार भएको कार बम आक्रमणमा २६ जना सरकारी सुरक्षाकर्मीको मृत्यु भएको छ ।

घाज्नी अस्तालका निर्देशक बाज मोहम्मद हेमातले २६ जनाको मृत्यु भएको र १७ जना गम्भीर घाइते अवस्थाका सैनिक अस्पतालमा ल्याइएको जानकारी दिए । उनले मृतक एवं घाइतेहरु सबै सैनिक रहेको बताए ।

आत्मघातीले सैनिक शिविरमा गरेको यो सबैभन्दा घातक आक्रमण हो । पछिल्ला केही महिनादेखि सैनिक शिविरलाई लक्षित गरी यति भिषण आक्रमण गरिएका थिएनन् ।

घाज्नी प्रान्तीय परिषदका एक सदस्य नासिर अहमद फकिरीले पनि आक्रमणबाट भएको क्षति पुष्टि गरे । आक्रमणको कुनै समूहले जिम्मेवारी लिएको छैन ।