समाचार राजनीति

आजका लागि नेकपाको खड्गो टर्यो, १६ गते वस्ने गरी वैठक सकियो

आजका लागि नेकपाको खड्गो टर्यो, १६ गते वस्ने गरी वैठक सकियो

सत्तारुढ नेकपाको एउटा खड्गो फेरी टरेको छ । वार–पारको अवस्था आउन सक्ने आशंका गरिएको आजको सचिवालय बैठक पुनः १६ गते बस्ने गरी सकिएको छ ।

आजको सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित जवाफ पेस गरेका छन् । दुवै अध्यक्षको प्रस्ताव अध्ययनका लागि समय आवश्यक भएकाले १६ गते १ बजे पार्टी कार्यालय धुमवाराहीमा बस्ने गरी अर्को बैठक बोलाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । 

प्रधानमन्त्री ओलीले पेस गरेको प्रस्ताव सबै सचिवालय सदस्यलाई अध्ययनका लागि वितरण गरिएको छ। दुवै अध्यक्षका प्रस्तावमाथि सचिवालय बैठकमा छलफल हुने श्रेष्ठले जानकारी दिए ।